मुख्यमन्त्री ममतासँग लण्डन पुगेका पत्रकारहरु काँटाचम्पा चोर्दा रंगेहात समातिए

पहिलोपेज

नयाँ दिल्ली । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन गएका पत्रकारहरुले होटलको टेबुलबाट काँटाचम्चा चोरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

आफ्नो राज्यमा लगानी जुटाउने उद्देश्यले युरोप भ्रमणमा गएकी मुख्यमन्त्री ममताले केही पत्रकारलाई पनि साथमा लगेकी थिइन् । ममतालाई लन्डनमा विशेष रात्रिभोजका लागि एक होटलमा बोलाइएको थियो । रात्रिभोजमा उच्च पदस्थ कर्मचारी, उद्योगपतिहरु र भारत तथा बेलायतका केही प्रख्यात हस्तीसमेत थिए ।

रात्रिभोजका दृश्य उच्चस्तरका सिसिटिभी क्यामेराले कैद गरिरहेको थियो । तर केही भारतीय पत्रकारले धमाधम टेबलबाट चाँदीका चम्चाकाँटा आफ्नो ब्यागमा हालिरहेका थिए । होटल प्रशासनले सिसिटिभी क्यामेराबाट सो दृश्य हेरिरहेको भए पनि तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन । तर रात्रिभोज सकिनै लाग्दा भने होटलका केही कर्मचारी आएर ती पत्रकारलाई उनीहरुको कर्तुत आफूहरुलाई जानकारी भएको बताएका थिए । केही पत्रकारले काँटाचम्चा फिर्ता गरे पनि एकजनाले भने आफूले नचोरेको दावी गर्दै आएका थिए ।

होटलका कर्मचारीले ती पत्रकारलाई प्रहरीमार्फत आवश्यक कारवाही हुने धम्की दिएपछि भने उनले गल्ती स्वीकार गरेको बताइएको छ । उनलाई ५० डलर जरिवानासमेत तिराइएको थियो ।

घटनाबारे जानकारी पाएपछि मुख्यमन्त्री ममता ती पत्रकारप्रति रुष्ट भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमले उक्त घटनाबारे समाचार प्रकाशमा ल्याए पनि होटलको काँटाचम्चा चोरीमा संलग्न पत्रकारको पहिचान खुलाएका छैनन् । यद्यपि ती पत्रकार पश्चिम बंगालमा अग्रज मानिने र ममता बनर्जीसँग वर्षौंदेखि निकट रहँदै आएका बताइएको छ ।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : ११:००:१९ 60 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi