जनता मावि कालाकाटेमा नवनिर्वाचित सांसदहरुको भव्य स्वागत

भानु जीएम

दाङ । दाङको गढवा गाउँपालिका– १, कालाकाटेस्थित जनता मावि कालाकाटेले नव निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु तथा स्थानीय तहका जनप्रतिनिधिको भव्य स्वागत गरेको छ । विद्यालयले एक समारोहको आयोजना गरी स्वागत गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर केसीको अध्यक्षता एवं दाङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख अतिथि मेटमणी चौधरी, दाङ निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य इन्द्रजीत थारु, (ख) का प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, प्रदेश सभाका समानुपातिक सांसदद्वय सरस्वती गौतम र दामा शर्मालाई स्वागत गरिएको थियो ।

उक्त अवसरमा सम्मानित सांसदहरुले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासको लागि आफूहरुको सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी प्रमुख अतिथि चौधरीले विद्यालयको पर्खालको शिलान्यास गरेका थिए । गढवा गाउँपालिकाले विनियोजन गरेको रु. १० लाख रकमबाट पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको हो । पर्खालको शिलान्यास गर्दै सांसद चौधरीले पर्खाल निर्माण कार्य जसरी पनि सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसीले पर्खाल निर्माण, पुस्तकालय व्यवस्थापन, भवन निर्माण, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी हुनुपर्ने लगायतका माग समेटेर कार्यक्रममा उपस्थित सबै सांसदहरुलाई ज्ञापनपत्र बुझाएका थिए । सो अवसरमा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु तथा स्थानीय तहका प्रतिनिधिहरुहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भानु जीएमले गरेका थिए ।

प्रकाशित मिति : बुधवार, पौष २६, २०७४ समय : २१:४२:३६ 189 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi