एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकियो, यस्तो छ निष्कर्ष 

पहिलोपेज

एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ ।
पार्टी एकताका सम्बन्धमा छलफल गर्न पहिलो पटक बसेको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकार गठनका लागि कार्यदल गठन गरेको छ ।
सो कार्यदलमा एमालेको सुवासचन्द्र नेम्वांग, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट राम बहादुर थापा ‘बादल’, बर्षमान पुन र मातृका यादव सदस्य छन् ।
एमाले अध्यक्ष ओली बुधबार बंैकक जाने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ ।
उहाँ बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ ।
सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानु हुनेछ । मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ ।
निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उहाँ बंैकक जानुहुने भएको हो । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उहाँ जान सक्नुभएको थिएन ।
स्वास्थ्य परीक्षण गराई उहाँ माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराउनुभयो ।
प्रकाशित मिति : मङ्गलवार, पौष २५, २०७४ समय : २०:२३:०७ 469 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi