वडा कार्यालय नसार्न चेतावनी

नारायण भण्डारी

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपाकिला वडा नं. ७ को कार्यालय हालको स्थानबाट नसार्न माग गर्दै त्यहाँका स्थानीयले आइतबार ज्ञापनपत्र बुझाएका छन् । खर्चवामा रहेको वडा कार्यालयलाई तुलसीपुर सल्यान सडक खण्डको शिवनगर (पातु) मा सार्न लागेको भन्दै उनीहरुले त्यसो नगर्न माग गरेका हुन् । उनीहरुले आइतबार वडा अध्यक्ष अध्यक्ष टोप बहादुर केसीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

साविक वडा नं. ३ र ४ का ४३ जनाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा आफ्नै भवनमा रहेको वडा कार्यालयलाई व्यवस्थित गर्नुका साटो कसैको स्वार्थमा सार्न लागेको भन्दै त्यसो नगर्न माग गरिएको छ । ज्ञापन पत्रमा आफ्नै भवनमा रहेको वडा कार्यालयलाई निजी घर भाडामा लिएर सार्न खोजिएको भन्दै ध्यानआर्कषण भएको उल्लेख छ ।

सो ज्ञापन पत्रमा सबै वडावासीको पाएक पर्ने स्थानबाट वडाको छेउँमा कार्यालय सार्न खोजिएको भन्दै निर्णय नसच्चाए जस्तो सुकै आन्दोलन गर्न पनि बाध्य हुने चेतावनी दिइएको छ । ज्ञापनपत्रको बोदार्थ आजै तुलसीपुर उपमहानगरपालिकालाई पनि बुझाइएको छ । हालको वडा कार्यालय रहेको खर्चवाको भवन जिर्ण भएको, सडकको छेउमा भएका कारण पर्खाल तथा तारवार गर्न नमिल्ने र तारबार नहुँदा अशुरक्षित भएको भन्दै वडा समितिले घर भाडामा लिनका लागि सुचना जारी थियो ।

सुचना अनुसार तुलसीपुर–सल्यान सडक खण्डको पातुका तीन वटा घरधनीले बोलपत्र हालेका छन् । ‘एक थरीले सार्नै हुन्न भन्ने, अर्को थरीले त्यहाँ पायक पर्दैन भन्ने’ वडा अध्यक्ष केसीले भने । हालको वडा कार्यालय शुरक्षित नभएको, तारबार गर्ने ठाउँ नभएको, प्रयाप्त भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको जस्ता कारण वडा कार्यालय सार्नुको विकल्प नभएको अध्यक्ष केसीले बताए ।

साविकको ३, ४ र १५ नं. वडालाई मिसाएर हाल वडा नं. ७ बनेको हो । हालको वडा नं. ७ मा साविकका तीन वटा वडा कार्यालय (साविक हलवार गाविस भवन) हुँदा हुँदै पनि भाडाको घर खोज्न लागिएको छ ।

प्रकाशित मिति : आइतवार, पौष २३, २०७४ समय : १९:१९:५० 176 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi