५ वर्षमा कपिलवस्तुमा बालविवाहको दर ३३ प्रतिशतमा झार्ने प्रतिबद्धता

शारदा केसी

कपिलवस्तु । कपिलवस्तु जिल्लामा बालविवाह अन्त्यको लागि जिल्ला रणनैतिक कार्ययोजना २०७४ एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना तथा नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका संयोजक नारायण खनाल, प्रमुख अतिथिमा जिल्ला समन्वय समितिकी उपसंयोजक तारामति चौधरी रहेका थिए ।

सन् २०२२ सम्ममा कपिलवस्तु जिल्लामा बालविवाहको दर ३३ प्रतिशतमा झार्ने गरी जिल्ला समन्वय समितिले रणनैतिक योजना तयार गरेको हो । बालिका र किशोरीको सशक्तिकरण, किशोर र पुरुषहरुको सहभागिता तथा कानुन र नीतिको सुट्टढीकरण कार्यान्वयन लगायतका ६ वटा राष्ट्रिय रणनीतिमा रहेका कार्यदिशामा रही समितिले कार्य गर्ने जिल्ला समन्वय समितिका संयोजक नारायण खनालले बताए । साथै अबको ५ वर्षभित्रमा अहिले नवनिर्वाचित सदस्यले नयाँ काम गर्न सकेमा मात्र जनताले विश्वास गर्ने बताए । उनले कपिलवस्तु जिल्लालाई नमुना जिल्ला बनाउने कुरामा समेत जोड दिएका थिए ।

सामुदायिक रेडियो कपिलवस्तुकी पूर्व स्टेशन म्यानेजर सोना खटिकले बंगलादेशमा मोबाइलकोर्टमार्फत बालविवाह अन्त्य गर्ने प्रयास गरिरहेको अनुभव प्रस्तुत गरेकी थिइन् । उक्त अनुभवलाई नेपालमा पनि लागु गर्नसके नेपालमा पनि बालविवाह छिट्टै अन्त्य हुन सक्ने कुरामा विशेष जोड दिएकी थिइन् ।

बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले २०७१ मा गरेको एक अध्ययनअनुसार कपिलवस्तु जिल्लामा विवाह गरेका २० देखि २५ बर्षका महिलामध्ये ६५ प्रतिशतको विवाह १८ बर्ष नपुग्दै हुन ेगरेको तथ्यांकले देखाएको छ । मायादेवी गाउँपालिकाका बरिष्ठ अधिकृत राजन पोखरेलको सहजीकरण रहेको उक्त कार्यक्रममा सम्पूर्ण नगरप्रमुख, नगर उपप्रख, प्रशासन, सघंसंस्था तथा पत्रकारको सहभागिता रहेको थियो । नेपाल परिवार नियोजन कपिलवस्तु शाखा अधिकृत उदयराज भट्टको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजनकी मनोविमर्शकर्ता तथा किशोरी सहजकर्ता सुषमा आचार्यले गरेकी थिइन् ।

प्रकाशित मिति : सोमवार, पौष १०, २०७४ समय : २२:०३:५३ 65 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi