विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा, काम सबै काठमाडौंमा

पहिलोपेज

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङको बेलझुण्डीमा भए तापनि सबै काम राजधानी काठमाडौंबाट हुने गरेको गुनासो पहिलेदेखि नै आइरहेका छन् । पछिल्लो समयमा बेलझुण्डी क्षेत्र विकास समितिले विज्ञप्ति नै जारी गरी नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमै सम्पूर्ण कार्य गर्न विश्वविद्यालय प्रशासनसँग आग्रह गरेको छ ।

क्षेत्र विकास समितिले विज्ञप्तिमार्फत विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा रहँदारहँदै पनि विभिन्न बैठक तथा कार्यक्रमहरु काठमाडौ केन्द्रीत भएको भन्दै तत्काल त्यस्ता क्रियाकलापहरु दाङबाटै सञ्चालन गर्न ध्यानाकर्षण समेत गरेको छ । उच्च अदालतबाट २०७४ साउन ३२ गते भएको परमादेशनुसार काम गर्न समेत विश्वविद्यालय प्रशासन समक्ष आग्रह गरेको छ । क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर वलीद्वारा जारी विज्ञप्तिमा तत्काल अदालतको परमादेश कार्यान्वयनका लागि आग्रह गरिएको छ ।

प्रकाशित मिति : सोमवार, पौष १०, २०७४ समय : १८:४४:४९ 204 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi