फालिएका वस्तुबाट लिटिल एञ्जलका विद्यार्थीले बनाए विद्युतीय यन्त्रहरु

पहिलोपेज

दाङ । दाङ घोराहीस्थित लिटिल एञ्जलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका छन् । बुधबार घोराहीस्थित आफ्नै विद्यालयमा उनीहरुले आफैले आविस्कार गरेका विभिन्न उपकरणहरुको प्रदर्शनी गरेका हुन् ।

घर वरपर खेर गइरहेका विभिन्न बस्तुहरुको प्रयोग गरी निर्माण गरिएका विद्युतीय यन्त्रहरुलाई उनीहरुले प्रदर्शनीमा राखेका थिए । कक्षाको पाठ्यपुस्तकभित्र रहेका विभिन्न सिद्धान्तमा आधारित रहेर निर्माण गरिएका यन्त्रहरु प्रदर्शनीमा राखेर उनीहरुले आफ्नो क्षमता र सीपको समेत प्रदर्शन गरेका थिए । पाठ्यक्रममा रहेका विषयलाई घोकेर, रटेर अध्ययन गर्नु भन्दा पनि प्रयोगात्मक रुपमा विद्यार्थीहरुले आफै सामग्रीहरु निर्माण गरेर नै अध्ययन गर्दै आएका छन् । त्यसक्रममा आविस्कार गरिएका सामग्रीहरुको प्रदर्शन गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रिन्सिपल यादव गिरीले बताए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले भ्याकुम क्लिनर, हाइड्रोलिक डोजरको नमुना, विद्युतीय घण्टी, विद्युतीय पानी घण्टी, ड्रोन, हाइड्रोलिक लिफ्ट, एअर कुलर, हेयर ड्रेसर, फ्यान, वाटर हिटर, वाटर पम्प, फिल्टर, मोटर, हिटर लगायतका विभिन्न सामग्रीहरुको आविस्कार गरेका थिए ।

लिटिल एञ्जलको आयोजना तथा विद्यालयको विज्ञान व्यवस्थापन शाखाको समन्वयमा भएको विज्ञान प्रदर्शनीमा राखिएका यन्त्रहरुको शिक्षा निकायका प्रतिनिधि तथा पत्रकारहरुले अबलोकन गरेका थिए । विद्यालयका भाइस प्रिन्सिपल विमलकुमार श्रेष्ठको अध्यक्षता तथा स्रोतव्यक्ति रामप्रसाद जैशीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रममा पत्रकार गोविन्द खड्का, केपी पौडेल र रामप्रसाद जैशीको निर्णायक टोलीले विद्युतीय पानी घण्टीलाई प्रथम, पानी शुद्धीकरण गर्ने मेसिनलाई द्वितीय र पेन्सील लिडको प्रयोग गरी बालिएको बत्तीलाई तृतीय र भ्याकुम क्लिनरलाई सान्त्वना घोषणा गरेको थियो ।

विद्यालयका विज्ञान शाखाका प्रमुख कृष्णप्रकाश बुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको बारेमा विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक समथिङ सेन ठकुरीले गरेका थिए ।

प्रकाशित मिति : बुधवार, पौष ०५, २०७४ समय : २०:३१:५६ 73 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi