मतदातालाई धन्यवाद दिन प्रचण्डको घरदैलो : मतदाताद्वारा भव्य स्वागत

पहिलोपेज

भरतपुर । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदातालाई धन्यवाद दिन घरदैलो अभियान सञ्चालन गरेका छन् । अध्यक्ष प्रचण्डलाई मतदाताहरुले पनि भव्य स्वागत गरेका छन् ।

सोमबार सांसदमा निर्वाचित भएका अध्यक्ष प्रचण्डले मंगलबार बिहानैदेखि आफ्नो क्षेत्रका मतदातालाई धन्यवाद दिन घरदैलो गरेका हुन् । मंगलबार अध्यक्ष प्रचण्डले शिवनगर, महेन्द्रचोक, फूलवारी, मंगलपुर, विजयनगर, रामपुर, चनौली बजार, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेवरनगर, शुक्रनगर, पार्वतिपुर हुँदै लाहुरेचोकका मतदातालाई धन्यवाद दिएका थिए ।

मतदातालाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले भने, “चितवनको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर दिनुभएकोमा यहाँहरुलाई धन्यवाद छ । अब देश राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ । सम्पूर्ण तागत लगाएर चितवन र समग्र नेपालको विकासका लागि मैले आफूलाई समर्पित गर्नेछु ।”

घरदैलोका क्रममा अध्यक्ष प्रचण्डले मतदाताका घरघरमा पुगेर धन्यवाद दिएका हुन् । घरदैलोका क्रममा मतदाताले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए । मतदातालाई धन्यवाद दिन प्रचण्ड बुधबार चितवनको माडी जाने कार्यक्रम छ ।

प्रकाशित मिति : मङ्गलवार, मंसिर २६, २०७४ समय : १९:०८:५७ 220 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi