गाउँ गाउँमा सिटिजन्स बैंक : बंगलाचुली गाउँपालिकामा ६७ औं शाखा

पहिलोपेज

दाङ । सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवरद्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अबलम्बन गरेको छ । यसलाई मूर्त रुप प्रदान गर्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गाउँ गाउँमा बैंकका शाखाहरु स्थापना गर्ने क्रममा दाङको बंगलाचुली गाउँपालिकामा पनि ६७ औं शाखा स्थापना गरेको छ ।

बैंकले आ.ब २०७४÷७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही र दाङको बंगलाचुलीमा गरी थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । हालसम्म ७ सय ४४ वटा स्थानीय तह मध्य ३ सय ३२ वटामा मात्रै क वर्गको बैंक पुगिरहँदा यस बैंकको गाउँ गाउँमा शाखा विस्तार गर्ने योजनाले संघीयतालाई दह्रो बनाउन अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुराउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६७ औ शाखा दाङको बंगलाचुलीमा सञ्चालनमा ल्याएको छ । २०७४ साल मंसिर २५ गते यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । उक्त समारोहमा स्थानीय निकायका सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान गरी जम्मा २ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले संयुक्त रूपमा गरेका छन् । शाखाका इन्चार्ज सुशील पोखरेलले यस क्षेत्रमा कृषि कर्जा, पशुपालन तथा अन्य व्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उद्देश्य रहेको जानकारी दिए ।

बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले मुलुक संघीय प्रणालीमा गएसँगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंक लागिपरेको बताए । उनका अनुसार अब निकट भविष्यमा नै बैंकले थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराएका छन् ।

प्रकाशित मिति : सोमवार, मंसिर २५, २०७४ समय : १६:४७:४२ 267 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi