नायिका रेखाले दिइन् प्रचण्डलाई विजय र जन्मदिनको एकसाथ बधाई

पहिलोपेज

काठमाडौं । चर्चित नायिका रेखा थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई चुनावमा विजय हासिल गरेको र जन्मदिनको एकसाथ बधाई दिएकी छन् । उनले चुनावमा विजयी भएकोमा प्रचण्ड र डा. बाबुराम भट्टराईलाई एकसाथ बधाई दिँदै थप लेखेकी छन्, “…एण्ड ह्याप्पी बर्थ डे प्रचण्ड बा ।”

नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्मदिन पनि आजै परेको छ । संयोग ! आफू जन्मेकै दिन प्रचण्डको विजयी घोषणा गरिएको छ । २०११ मंसिर २६ गते जन्मिएका प्रचण्ड अंग्रेजी तिथिमितिअनुसार ११ डिसेम्बरमा जन्मेका हुन् । यद्यपि मंसिर २६ भने भोलि हो । प्रचण्ड आजै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अध्यक्ष प्रचण्डले राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका हुन् । अध्यक्ष प्रचण्डले ४६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् । वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईको भने पहिले नै गोर्खाबाट विजयी घोषणा भइसकेको छ । रेखाले आजमात्रै दुबै नेताहरुलाई बधाई दिएकी छन् ।

प्रकाशित मिति : सोमवार, मंसिर २५, २०७४ समय : १३:५०:१४ 242 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi