दाङ– २ मा कृष्णबहादुर महरा भारी मतान्तरले विजयी

पहिलोपेज

दाङ । दाङ– २ बाट माओवादी केन्द्रका वरिष्ठ नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा भारी मतान्तरसहित विजयी भएका छन् । उनले ४० हजार ४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । महरा १४ हजार १ सय ४५ को मतान्तरले विजयी भएका हुन् ।

यसअघि महरा उम्मेदवार रहेको दाङ– २ को प्रदेश १ र २ बाट पनि क्रमशः एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल र अमर डाँगी विजयी भइसकेका छन् । महराको विजयसँगै दाङ– २ का प्रतिनिधिसभा र प्रदेशसभाका ३ वटै सिटमा माओवादी गठबन्धन भारी मतान्तरले विजयी भएका छन् ।

प्रकाशित मिति : शनिवार, मंसिर २३, २०७४ समय : २०:०३:४५ 251 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi