पश्चिम रुकुममा क्लिन स्वीप, प्रतिनिधिसभा र प्रदेशसभा सबैमा माओवादी केन्द्र

दाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो परिणामअनुसार रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवारहरुले क्लिन स्वीप गरेका छन् । रुकुम पश्चिमबाट प्रतिनिधिसभामा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ३४ हजार ४ सय २ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालजीजङ्ग शाहलाई पराजित गरेका हुन् ।

प्रतिद्वन्द्वी शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । शर्मा र शाहबीच १८ हजार ७ सय ४३ मतान्तर रहेको छ । रुकुम पश्चिममा ५५ हजार ३ सय ८५ मत खसेकोमा ५१ हजार ९ सय १५ मत सदर र ३ हजार ४ सय ७० मत बदर भएको थियो ।

रुकुम पश्चिमकै प्रदेशसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका गोपाल शर्माले १८ हजार ६ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडक डाँगीले ८ हजार १ सय २७ मत लिएका थिए । त्यस्तै प्रदेशसभा १ मा पनि बाम गठबन्धनकै रातो कामीले १६ हजार ८ सय १० मत प्राप्त गरी नेपाली कांग्रेसका कृष्णबहादुर रोकालाई ८ हजार २ सय ३३ मतान्तरले पराजित गरे । रोकाले ८ हजार ५ सय ७७ मत प्राप्त गरेका थिए । कुल २७ हजार १ सय ७४ मत खसेको यो क्षेत्रमा २५ हजार ८ सय ५९ मत सदर भएको थियो । त्यस्तै, यहाँ १ हजार ३ सय १५ मत बदर भएको थियो ।

प्रकाशित मिति : शनिवार, मंसिर २३, २०७४ समय : १९:०२:३७ 160 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi