तुलसीपुरमा दाङ– ३ (२) का उम्मेदवार उत्तर वलीका सहयोगीमाथि गोली प्रहार

दीपक बोहरा

तुलसीपुर । तुलसीपुरमा प्रहरीले दुई युवाहरुलाई लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको छ । गेटमा उभिराखेका युवाहरुलाई लक्षित गरी प्रहरीले गोली प्रहार गरेको हो ।

बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार उत्तरकुमार वलीका सहयोगी युवाहरुलाई लक्षित गरी प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । तर मानवीय क्षति भने भएको छैन । गोली चलाउनु पर्ने अबस्था नरहे पनि प्रहरीले अकास्मात गोली चलाएको भन्दै घटना सुनियोजित हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

उता इलाका प्रहरी कार्यालय तुलसीपुरले भने प्रहरीलाई नै अटेर गरी जबरजस्ती रुपमा सुरक्षा घेरा भन्दा भित्र पस्न खोजेको भन्दै हवाई फायर गरिएको जनाएको छ । “जबरजस्ती रुपमा सुरक्षा घेरा भन्दा भित्र पस्न खोजेका थिए”, ईप्रका तुलसीपुरका प्रमुख डिएसपी सुधीरजंग शाहीले भने, “त्यतिबेला प्रहरीले पासबिना भित्र जान पाइँदैन भनेका थियौं । उल्टै प्रहरीलाई नै हातपात गरी भाग्न थालेकाले गोली फायर गर्न बाध्य भएका हौं ।”

प्रहरीले युवासंघ दाङका दुई जना जिम्मेवार ब्यक्तिलाई पक्राउ गरेको छ । लिला बिक, श्याम बिकलाई प्रक्राउ गरेको हो । लिला र श्याम बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार उत्तरकुमार वलीका सहयोगी हुन् । प्रहरीले गोली चलाउँदा नागरिक भने त्रसित भएका छन् ।

प्रकाशित मिति : बिहिवार, मंसिर २१, २०७४ समय : २१:३३:१८ 155 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi