महरा र पोख्रेलले दिए मतदाता र निर्वाचनमा खटिने सबै पक्षलाई धन्यवाद

पहिलोपेज

दाङ । प्रतिनिधिसभाका लागि दाङ २ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र दाङ– २ को १ बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सम्पूर्ण मतदाता तथा निर्वाचन सम्पन्न गराउन खटिने सबै पक्षलाई धन्यवाद ज्ञापन तथा आभार प्रकट गरेका छन् । दुबै उम्मेदवारहरुले निर्वाचन सकिएपछि प्रेस विज्ञप्ति जारी गरी धन्यवाद ज्ञापन तथा आभार प्रकट गरेका हुन् ।

प्रतिनिधिसभाका लागि दाङ २ का उम्मेदवार कृष्णबहादुर महराले विज्ञप्तिमा भनेका छन्, “ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उत्साहजनकरुपमा सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु ।” विज्ञप्तिमा भनिएको छ, “दाङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाताज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।”

त्यसैगरी एमाले स्थायी कमिटी सदस्य तथा दाङ– २ को १ बाट प्रदेशसभाका उम्मेदवार शंकर पोख्रेलले प्रेस विज्ञप्तिमा भनेका छन्, “संविधान कार्यान्वयनका साथै राष्ट्रको विकास र समृद्धिका लागि आज भएको ऐतिहासिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक मतदान गर्नु भएकोमा सम्पूर्ण आदरणीय मतदाताज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।” विज्ञप्तिमा यस ऐतिहासिक निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने निर्वाचन आयोग, निर्वाचनमा खटिनुभएका निर्वाचन अधिकृत र सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्वयसेवक तथा राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मी, कलाकर्मी, अधिकारकर्मी, निर्वाचन पर्यवेक्षण गरी निष्पक्ष निर्वाचनमा सहयोग गर्नुहुने सबै राष्ट्रिय–अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुलाई पनि धन्यवाद् दिन चाहन्छु । यस निर्वाचन पश्चात संबिधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध बनाउने अभियानमा यहा“हरुको स“धै साथ र सहयोगको पनि अपेक्षा गर्दछु ।”

प्रकाशित मिति : बिहिवार, मंसिर २१, २०७४ समय : १९:४०:१५ 121 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi