एकै घरका ११ जना किरीयापत्रीले गरे मतदान

नारायण भण्डारी

तुलसीपुर ।

प्रतिनिधी सभा र प्रदेशसभा अन्र्तगत बिहिबार दोश्रो चरणमा भएको निर्वाचनमा दाङमा एकै घरका ११ जना किरीयापत्रीले मतदान गरेका छन् । तुलसीपुर उपमहानगरपालीका ९ विकासपुर टोलका रुपलाल नेपालीको काजकिरीया गरिरहेका एकै घरका ११ जनाले विभिन्न मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन.।

तुलसीपर उपमहानगरपालीका ५ अरनीको मैदान मतदान केन्द्रबाट राजन नेपाली, शंकर नेपाली, बेलमती नेपाली, पटु नेपाली र तुलसी नेपालीले मतदान गरेका हुन् । यस्तै कुमार नेपाली, प्रेम वहादुर नेपाली, खिमी नेपाली, तोला नेपाली र पाण्डबी नेपालीले तुलसीपुर उपमहानगपालीका ९ को निमावि दोघरे मतदान केन्द्रबाट मतदान गरेका छन् । सोही परिवारका हिरा नेपालीले तुलसीपुर ६ मा रहेको मावि सेन्टर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैबीच
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ मा.वि.हरीपौरी र वडा नंं ६ को मावि सेन्टर मतदान केन्द्रबाट पनि किरीयापुत्रिहरुले मतदान गरेका छन् । एमाले दाङका उपाध्यक्ष हुकुम बहादुर बस्नेत सहित कुल बहादुर बस्नेत, नुम बहादुर बस्नेत र पदम बहादुर बस्नेतले मतदान गरेका छन् । यस्तै शान्तिनगर ४ को चिराघाट मतदान केन्द्रवाट १ सय ४ विर्षिय पुतली कुमारी बुढा मागरले मतदान गरिकी छन् ।

प्रकाशित मिति : बिहिवार, मंसिर २१, २०७४ समय : १९:४०:१० 79 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi