घरमा आगलागी हुँदा दुई जना जलेर घाइते, लाखौंको क्षती

पहिलोपेज

तुलसीपुर ।

दाङको तुलसीपुरमा एक घरमा आगलागी हुँदा लाखौंको क्षती भएको छ भने जलेर दुई जना घाइते भएका छन् । तुलसीपुर ५ को प्रगतिशील टोलका खड्गलाल ठारामगरको घरमा आगलागी हुँदा त्यहाँ भाडामा बस्ने दुई जना जलेर घाइते भएका हुन् ।

खाना पकाउने क्रममा ग्याँस लिक भएर बुधबार विहान साढे ९ बजे तिर सल्केको आगोबाट डेरा भाडामा बस्ने जावेद अली र सैनाद अली घाइते भएका हुन् । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । स्थानियवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट कोठा भाडामा बस्ने अलीका सबै समान सहित नगद ७० हजार पनि जलेर नष्ट भएको छ । त्यस्तै घरको भित्ता, सिलिङ्, वायरिङ् पनि जलेका कारण लाखौंको क्षती भएको त्यहाँबाट कृष्ण रास्कोटीले जानकारी दिएका छन् ।।

प्रकाशित मिति : बुधवार, मंसिर २०, २०७४ समय : ११:४७:३५ 16 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi