निर्वाधरुपमा समाचार संकलन र सम्प्रेषणको वातावरण बनाऊ ः महासंघ

पहिलोपेज

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई निर्वाधढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण तयार गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । महासचिव रमेश विष्टले मंगलवार जारी गरेको विज्ञप्तिमा मतदान र मतगणनाको समयमा समाचार संकलन र छायांकनको व्यवस्था गर्न समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई आवश्यक पास सहजढंगबाट उपलब्ध गराउन सम्बन्धित पक्षसँग आग्रह गर्दै निर्वाचनको क्रममा केही हिंसात्मक घटनाहरू घटेकाले पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासंघले सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा निर्वाचनका बेला सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै ऐतिहासिक निर्वाचनको समाचार संकलन र संप्रेषण गर्न पनि आव्हान गरेको छ ।

मंसिर २१ गते मुलुकमा ऐतिहासिकरूपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुन थालेको र यो निर्वाचनले संक्रमणकालको विधिवत अन्त्य भई संविधानसभाबाट जारी भएको संविधान पूर्ण कार्यान्वयनको बाटो खुल्ने विश्वास पनि महासंघले व्यक्त गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट महासंघले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना व्यक्त गरेको छ ।

महासंघले निर्वाचनको बेला मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न सातवटै प्रदेशमा अनुगमन टोली पठाई अध्ययन सम्पन्न गरेको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : मङ्गलवार, मंसिर १९, २०७४ समय : १९:४५:०९ 54 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi