पोखरामा मगर्स क्रियशनले चाँडै नै उद्योग/व्यवसायहरु सञ्चालन गरी रोजगारी सिर्जना गर्ने (फोटो फिचरसहित)

पहिलोपेज

पोखरा । मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले यही शनिबार मंसिर १६ गते पोखरामा “उद्योग तथा व्यापार÷व्यवसायसम्बन्धी सामाजिक सचेतनाका लागि श्रव्य/दृश्य प्रस्तुति र मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको परियोजनाको बारेमा जानकारी दिनुका साथै पोखरा क्षेत्रको सम्भावनाहरुको पहिचान र लगानी विषयक अन्तरक्रिया कार्यक्रम” को आयोजना गरेको छ । विगत ४ बर्षदेखि स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुको सामूहिक लगानीमा काठमाडौँमा स्थापना भई मिडिया (स्याटेलाइट टेलिभिजन) सहित विभिन्न उद्योग÷व्यवसायहरु सफलतापूर्बक सन्चालन गर्दै अगाडि बढिरहेको कम्पनीले सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सचेतनाका लागि श्रब्य/दृश्य प्रस्तुति गर्नुको साथै कम्पनीको बारेमा र कम्पनीले पोखरामा बिस्तार गर्न लागेको परियोजनाहरुको बारेमा बिस्तृत जानकारी दिइएको थियो । झन्डै १५० जना सहभागी रहेको उक्त कार्यक्रममा सबैले सुरुदेखि अन्तिम समयसम्म एकदम अभिरुचिका साथ कार्यक्रमलाई अवलोकन गरेका थिए । कार्यक्रमको अन्तमा सहभागीहरुले मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले पोखरामा छिट्टै सुरु गर्ने उद्योग/व्यवसायहरुको बारेमा जिज्ञासाहरु पनि राखेका थिए ।

पोखरामा उद्योग÷व्यवसाय र सामाजिक क्षेत्रमा विशेष दख्खल राख्ने हुम आले मगर र इन्सुरेन्स व्यवसाय सम्बन्धी विशेष जानकार होम आले मगरले उक्त कार्यक्रमलाई सुरुदेखि अन्तिम समयसम्म आलोकन गरी आफ्नो राय प्रस्तुत गरेका थिए । आफ्नो राय दिँदै पोखरामा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले सुरु गर्न लागेको उद्योग÷व्यवसायहरुप्रति आफूहरु समेत एकदम उत्सुक रहेको र उक्त कार्यको लागि सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा मन्तव्य राख्दै नेपाल मगर महिला संघ कास्की जिल्ला समितिकी अध्यक्ष फूलकुमारी थापामगरले पनि आउँदो दिनमा यस मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले पोखरामा सुरु गर्ने उद्योग/व्यवसायले पोखराबासीहरुको लगानीलाई पोखरामै लगानी गरी पोखराबासीलाई नै रोजगारी उपलब्ध गराउँदा यस क्षेत्रका बेरोजगारहरु एकदमै लाभान्वित हुने र समग्र समुदायको आर्थिक समृद्धि हुने कुरामा आफू बिश्वस्त रहेको कुरा बताइन् ।

कम्पनीका सञ्चार प्रमुख श्याम रानामगरले सञ्चालन गरेको उक्त कार्यक्रममा पोखराका सञ्चारकर्मी मीना थापा मगरले स्वागत मन्तब्य राखेकी थिइन् । कम्पनीका अनुसन्धान तथा बिकास निर्देशक प्रतिमाया पुन मगरले श्रब्य÷दृश्य प्रस्तुत गर्दै कम्पनीको बारेमा प्रकाश पारेकी थिइन् । त्यस्तै, कम्पनीद्वारा सन्चालन हुँदै गरेको हाइड्रोपावर परियोजनाको बारेमा आएको जिज्ञासालाई कम्पनीका हाइड्रोपावर र कानुनी संयोजक दामोदर हुमागाईले प्रस्ट पारेका थिए ।

कार्यक्रममा उपस्थित सहभागीहरुको जिज्ञासाबारे प्रस्ट पार्दै कम्पनीका अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत आशीर्वाद पुन मगरले कम्पनीले पोखरामा सुरु गर्न लागेको उद्योग÷व्यवसायहरुको बारेमा बिस्तृत जानकारी दिएका थिए । उनले यस कम्पनीमा आवद्ध भई हातेमालो गर्न पनि अनुरोध गरेका थिए । कार्यक्रम आयोजना गर्न सहयोग गर्ने मीना थापा, तारामाया थापा, मेजन पुन, मनोज घर्ती, पदम थापा, हर्क आले, बिष्णु थापा एबम् दीपक श्रेष्ठ लगायत सबैलाई पुनमगरले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : मङ्गलवार, मंसिर १९, २०७४ समय : ०:३२:४१ 75 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi