मौन अवधिसम्म पुग्दा महराको मुखबाट एक शव्द निस्केन प्रतिष्पर्धीलाई गाली

पहिलोपेज

दाङ । दाङ– २ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार कृष्णबहादुर महराले मनोनयनपत्र दर्तादेखि मौन अवधिसम्म आइपुग्दा विपक्षी पार्टी र प्रतिष्पर्धीलाई गालीको रुपमा एक शव्द पनि निकालेनन् । आफ्ना प्रतिष्पर्धी पार्टी र त्यसका उम्मेदवारलाई एक शव्द पनि आलोचना नगरेरै आफ्नो तुफानी प्रचारप्रसारलाई मौन अवधिमा टुंग्याएका छन् ।

सरकारका उपप्रधानमन्त्री समेत रहेका कृष्णबहादुर महराले प्रत्येक दिन साना ठूला गरी १५ भन्दा बढी कार्यक्रमहरु सकाए । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हेमराज शर्मा “डायमण्ड”को प्रत्यक्ष, कुशल र प्रभावकारी नेतृत्वमा रहेको महराको चुनावी प्रचार दौड तीब्रताका साथ मौन अवधि शुरु भएसँगै टुंगिएको छ । महराका प्रत्येक दिनका गतिविधि र प्रचारप्रसार धेरैका लागि चासोका विषय बन्यो भने सञ्चारमाध्यमहरुमा पनि लगातार छाइरहे । यद्यपि प्रचार अवधिभर उनले वाम गठबन्धनको औचित्य, एमाले र माओवादी केन्द्रबीचको गठबन्धन र भावी पार्टी एकताको दूरगामी असर, वाम गठबन्धनको साझा घोषणापत्रको संकल्प, दाङ जिल्लाका लागि आफूले गरेको योगदान, भविष्यमा दाङको चौतर्फी र बहुआयामिक विकासका लागि आफूले कोरेका खाकाहरु जनतामाझ प्रष्टै राखेका थिए । तर, उनले आफ्नो प्रतिष्पर्धी पार्टी नेपाली कांग्रेसको “क”, प्रतिष्पर्धी उम्मेदवार राजु खनालको “रा” र गालीको नाममा “गा” समेत उच्चारणै नगरी आफ्नो प्रचारलाई विराम लगाएका छन् ।

“अरुको विरोध गरेर चुनाव जितिन्छ भन्ने मान्यतामा विश्वास गर्दैन”, उपप्रधानमन्त्री महरा भन्छन्, “जित्ने त कामले हो । यसले काम गर्छ भन्ने विश्वासले हो । जनतालाई जिल्लाको बहुआयामिक विकास र समृद्धिको खाका र योजनाले मन जितेर हो ।” २०४८, २०६४ र २०७० सालमा लगातार चुनाव जितेका महराले आफू आत्तिने र मात्तिने मान्छे नभएकाले कसैको विरोध गर्न आवश्यक नठानेको बताए । शान्तिवार्ताको नेतृत्वकर्ता, गृहमन्त्री, सूचना तथा सञ्चारमन्त्री, अर्थमन्त्री र परराष्ट्र मन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका महरा भन्छन्, “अरुको विरोध गरेर होइन, आफ्नो एजेण्डा अघि सारेर नै राजनीति गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।”

नेता महराले वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरु मात्र होइन नेपाली कांग्रेसमा आस्था राख्ने थुप्रै व्यक्ति र सामाजिक क्षेत्रका अगुवाहरुले नै राजधानीमा भेटेर दाङबाटै चुनाव लड्नुपर्छ र दाङलाई अभिभावकत्व दिनुपर्छ भनेर आग्रह गरेको बताए । उनले थपे, “नभन्दै म दाङ आएपछि उहाँहरुको ठूलो सद्भाव र सहयोग पाएको छु ।” “अन्य विचार राख्ने धेरै साथीहरुले समूह बनाएर र व्यक्तिगत रुपमा मेरो छुट्टै प्रचार पनि गरिराख्नुभएको छ”, महराले भने । अन्य दलका नेता कार्यकर्ताले समेत ठूलो आशा गरेकाले र उनीहरु समेत मतदानका लागि तयार भइसकेकाले आफू सबैको साझा उम्मेदवारजस्तो भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : सोमवार, मंसिर १८, २०७४ समय : २३:१९:४६ 368 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi