महरा र पोख्रेल बाजागाजासहित भोट माग्दै घरदैलोमा

पहिलोपेज

दाङ । आसन्न प्रतिनिधि र प्रदेससभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धनले शुक्रबार दाङको सदरमुकाम घोराहीमा बृहत् घरदैलो अभियान गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनले तामझामका साथ घोराही बजारमा बाजागाजासहित बिशाल यालीको आयोजना गरी घरदैलो गरेका हुन् ।

दाङ क्षेत्रनम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार कृष्णबहादुर महरा र २ नम्वर क्षेत्रको प्रदेससभा सदस्य (१) का उम्मेदवार शंकर पोख्रेलसहितका नेता र सैयांै कार्यकर्ताहरुले बाजागाजासहित मतदाताको घरघरमा पुगेर भोट मागेका छन् । संविधान कार्यान्वयनको चरणमा रहेको चुनावबाट आफूहरुलाई जिताउन अपिल गर्दै नेताहरुले मतदाताहरुसँग भोट माग्दै घरदैलोमा पुगेका थिए । झाँकी जुलुससहित घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताहरुले टीका र माला लगाई दिएर शुभकामना दिएका थिए ।

चुनावपछि देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी स्थिर सरकार बनाउने र नागरिकहरुलाई अधिकारसम्पन्न बनाउँदै समृद्धिमा लाग्ने उम्मेदवारहरुले मतदाताहरुसमक्ष प्रतिबद्धता जनाएका छन् । चुनावी अभियानलाई रोड सो नाम दिएको गठबन्धनले घोराही बजारको परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर समापन गरेका हुन् । मतदाताहरुले अधिकार, न्याय र विकासलाई प्राथमिकता दिन उम्मेदवारहरुलाई सुझाव समेत दिएका छन् ।

निर्वाचनको मिति छोटिदै जाँदा दलहरुले घरदैलो गर्ने र भोट माग्ने क्रमलाई अझ बढी ब्यापकता बनाइरहेका छन् । बाम गठबन्धनसहित नेपाली कांग्रेस र अन्य विभिन्न दलहरुले दैनिक दर्जनांै कार्यक्रमहरुमा सहभागिता र घरदैलो कार्यक्रमहरुका लागि भोट माग्न घरघरमा पुग्ने क्रम जारी छ ।

प्रकाशित मिति : शुक्रवार, मंसिर १५, २०७४ समय : २२:२१:५३ 116 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi