प्रश्नैप्रश्नको हमला गर्दै ऋषि धमला आइपुगे दाङमा

दाङको विकास र प्रादेशिक राजधानी सबै उम्मेदवारका प्रमुख एजेण्डा

शरद रेग्मी

दाङ । मंसिर २१ को निर्वाचन नजिकिँदै गर्दा दाङमा चुनावी रौनक बढेको छ । यही मेसोमा प्रश्नैप्रश्नको हमला गर्दै ऋषि धमला दाङ आइपुगेका छन् र रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी सभामा प्रमुख दलका उम्मेदवारहरुले जिल्लाको विकास र प्रादेशिक राजधानी दाङलाई नै बनाउने उद्घोष गरेका छन् ।

कांग्रेस र बाम गठबन्धनका उम्मेदवारहरुले समग्र जिल्लाको विकास र पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउने नै आफूहरुका प्रमुख एजेण्डा भएको बताएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महराले वाम गठबन्धनको बुहमतमात्रै नभएर दुई तिहाईभन्दा बढी बहुमत आउने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता महराले वाम गठबन्धनको बहुमत आउनेमा कुनै शंका नभएको स्पष्ट पारे । उनले थपे, “हामी साधारण बहुमतमात्रै होइन, दुई तिहाईभन्दा बढी मत ल्याएर सरकार बनाउँछौं, निर्वाचनपछि यहाँहरुले यो कुरा थाहा पाइनै हाल्नुहुन्छ ।”

उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने ठोकुवा गरे । “बाम गठबन्धनको सरकार विल्कुल बन्छ । दुई तिहाई बहुमत आउँछ । आन्तरिक तथा बाह्य पर्यवेक्षकहरुको आँकलन पनि बाहिर आएको छ । पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढी बाम गठबन्धनले जित्ने आँकलन आएको छ । अब बाकस खोल्न बाँकी छ । दुई तिहाई भन्दा बढी नै आउँछ ।”

नेता महराले दाङ कृष्णसेन इच्छुक लगायतका धेरै प्रगतिशील विचारधारा भएका नेताहरु जन्मिएको ठाउँ भएकोले बाम गठबन्धनका उम्मेदवारहरुलाई जनताले अत्यधिक बहुमत दिएर जिताउने समेत दाबी गरे ।

यस्तै, साक्षात्कारमा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार राजु खनालले आफूले वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरालाई पराजित गर्ने दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, “म अहिले पनि चुनावी अभियानअन्तर्गत जनताका घरदैलोबाट आउँदैछु । चुनावी अभियान व्यापक रुपमा चल्दैछ । यो क्षेत्रमा कांग्रेसले बाजी मार्छ । मैले बाजी मार्छु । यो लेखेर राखे हुन्छ ।”

उनले मुलकुमा भएको दशवर्षे जनयुद्धको कारण भएका संचरनाहरु ध्वस्त भएको गुनासो पोखे । उनले भने, “अहिले विकासको अभियान मैले सुरुवात गरको छु । यो जिल्लामा मेडिकल कलेज स्थापना भएको छ । ३ सय बेडको अस्पताल स्तरोन्नथि भएको छ । घोराहीका सडकहरुलाई चार लेन बनाउँछौं ।”

कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले आसन्न निर्वाचनमा बाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । घोराहीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कार एवं दाङ क्षेत्र नम्बर २ को प्रदेश सभा “क” बाट बाम गठबन्धनका साझा उम्मेदवारसमेत रहेका पोखरेलले यस्तो दाबी गरेका हुन् ।

नेता पोख्रेलले एमाले र माओवादी केन्द्रले भविष्यमा एउटै पार्टी बनाउने संकल्प गरेकाले कार्यकर्ता र जनता उत्साहित भएको बताए । उनले बाम गठबन्धनभित्र पार्टीको नीति र सिद्धान्तबारे कुनै विवाद नरहेकाले चुनाव लगत्तै एकता हुने बताए ।

बाम गठबन्धन समाजवादकै पक्षमा रहेको दाबी गर्दै पोखरेलले कांग्रेस आफ्नो आदर्शबाट च्यूत भएको आरोप लगाए । उनले आसन्न निर्वाचनमा जनताले कांग्रेसलाई इतिहास बनाउने दाबी गरे । पोखरेलले आफ्नो जित सुनिश्चित भएको पनि बताए ।

पोखरेलले पाँच नम्बर प्रदेशको राजधानी दाङ बन्ने दाबी पनि गरे । विगतमा राजनीतिक अस्थिरताका कारण अपेक्षित विकास हुन नसकेको बताउँदै उनले अबको १० वर्षमा औसत विकसित राष्ट्रको रुपमा पु¥याउने दाबी गरेका थिए ।

प्रकाशित मिति : शुक्रवार, मंसिर १५, २०७४ समय : २१:००:५६ 91 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi