विप्लव माओवादीको बन्द छिचोल्दै केपी ओली र बादलले सम्बोधन गर्ने

पहिलोपेज

दाङ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले आव्हान गरेको दाङ बन्दले यहाँको जनजीवन प्रभावित भएको छ । उक्त बन्दकै दिन परेको संयुक्त वाम गठबन्धनको विशाल चुनावी सभा पनि आयोजना गरिएकाले बन्द छिचोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल आइपुग्ने र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बन्दका कारण दाङबाट छुट्ने लामो र छोटो दूरीका सवारीसाधन ठप्प छन् । त्यस्तै उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय सबै ठप्प रहेका छन् । छिटफुटरुपमा मोटरसाइकल र रिक्साहरु चले तापनि अन्य कुनै सवारीसाधन चलेका छैनन् ।

यसैबीच, बाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समिति दाङले एक विज्ञप्ति जारी गरी
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा बाम गठबन्धनका तर्फबाट आज घोराही र तुलसीपुरमा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाद्वारा सम्बोधन हुने बिशाल जनसभामा सहभागिताका लागि सबैमा अनुरोध गरिएको छ । दिउँसो १२ बजे घोराहीका बिभिन्न ठाउँबाट ¥याली शुरु गरी जिल्ला समन्वय समिति पछाडिको शहिद मञ्चमा गई सभा गर्ने र तुलसीपुरमा पनि १२ बजे नै बिभिन्न ठाउँबाट ¥याली गरी अरनिको मैदानमा पुगेर सभा गर्ने कार्यक्रम रहेको जानकारी परिचालन कमिटीले दिएको छ ।
माओवादी केन्द्र दाङका संयोजक सुवास पुन र एमाले दाङका अध्यक्ष टीकाराम खड्काद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार एवं माओवादी बरिष्ठ नेता कृष्ण बहादुर महरा, ५ नं. प्रदेशका मुख्यमन्त्रीका साझा उम्मेदवार एवं प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. २(१) का उम्मेदवार एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल लगाएतका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : बुधवार, मंसिर ०६, २०७४ समय : १२:५७:२७ 156 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi