गुनासोरहित सेवा दिन सचिवहरुलाई मेयरको निर्देशन

पहिलोपेज

घोराही । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गुनासोरहित सेवा प्रवाह गर्न वडा सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलबार कार्यालयमा १९ वटै वडाका सचिवहरुलाई बोलाई नगर प्रमुख चौधरीले जनताको सेवामा दत्तचित्त भएर गुनासो नआउने गरी सेवा दिन निर्देशन दिएका हुन् ।

छिटोछरितो सेवा दिएर सेवाग्राहीलाई सन्तुष्ट पार्ने गरी आफ्नो भूमिका निभाउन वडा सचिवहरुलाई उनले आग्रह गरे । जनशक्ति र स्रोतसाधनको अभावका बीचबाट पनि राम्रो काम गर्ने भन्दै सचिवहरुलाई अझ जिम्मेवार र सशक्त भएर सेवामा जुट्न निर्देशन दिएका हुन् । सेवाग्राही कार्यालयबाट फर्कदा सन्तुष्ट र खुसी मुद्रामा फर्कने बाताबरण तयार गर्न समेत आग्रह गरे ।

कुनै पनि सेवा प्रवाहलाई कानुन भन्दा बाहिर नगई प्रवाह गर्न र अस्पष्ट भएका बिषयहरुमा सेवाग्राहीलाई सरल ढंगबाट बुझाएर पठाउन आग्रह गरे । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जनशक्ति र स्रोतसाधनको बिस्तारै व्यवस्थापन हुने जानकारी दिँदै सेवामा जिम्मेवार भएर बैधानिकरुपले कार्य सम्पादन गर्न आग्रह गरे । छलफलमा सचिवहरुले जनशक्ति र स्रोतसाधनको अभाव, कार्यालय भाडामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

प्रकाशित मिति : मङ्गलवार, मंसिर ०५, २०७४ समय : २०:१७:०५ 49 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi