शैक्षिक गुणस्तर सुधार गर्न १७ बुँदे संझौता (सम्झौता सहित)

‘यहाँका सामुदायीक विद्यालयमा पढ्न सोर्स लगाउन पर्ने छ’

नारायण भण्डारी

तुलसीपुर ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न १७ बुँदे संझौता गरेको छ । उपमहानगरले यहाँका ८३ वटा सामुदायीक विद्यालयका प्रधानाध्यापकहरुसँग मंगलबार सो सम्झौता गरेको हो । उपमहागरले विद्यालयको न्युनतम सिकाई उपलब्धी ५० प्रतिसत पु¥याउने लक्ष सहित यो सम्झौता गरेको हो ।

सम्झौता अनुसार यहाँका सामुायीक विद्यालयका प्रधानाध्यापकहरुले प्रत्यक हप्ता कम्तिमा दुईवटा कक्षा अवलोकन गरी पृष्ठपोषण गर्नुपर्ने, ५० प्रतिशत बढि सिकाई उपलब्धी भएका विद्यालयले गत बर्ष भन्दा कम्तिमा ३ प्रतिशतले सिकाई उपलब्धी बृद्धि गर्नुपर्ने, शिक्षकलाई आफ्नो घण्टीमा पूर्ण समय कक्षामा रहने ब्यवस्था मिलाउनुपर्ने, विालय सञ्चालनको समय विहान १० देखि असरान्ह ४ बजे सम्म हुनुपर्ने, विद्यालयको बार्षिक कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने छ ।

२०७४ चैत मसान्ता सम्मका लागि भएको सम्झौतामा विद्यालयका सबै शिक्षक कर्मचारीलाई उनीहरुको क्षमता र रुची अनुसार विद्यालयको विभिन्न कृयाकलापहरुमा (खेलकुद, संगीत, रेडक्रस, विपद ब्यवस्थापन, सरसफाई, समुदाय सम्बन्ध, गुनासो सुन्ने जस्ता विभिन्न बिषयमा) संयोजक तोकि जिम्वेवारी दिनुपर्ने, विद्यालय सुधार योजना, सामाजिक परिक्षण, लेखापरिक्षण लगायत माथिल्लो निकायबाट निर्देशन गरिएको कार्यहरु समयमै सम्पादन गरी प्रतिबेदन सार्बजनिक गर्नुपर्ने बिषय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रत्यक शिक्षक तथा कर्मचारीको बरियताक्रम (port folio) बनाई व्यवस्थित रुपमा राख्नुपर्ने, उक्त बरियताक्रममा सुधार गर्नुपर्ने पक्ष र राम्रा पक्ष राख्नुपर्ने, विद्यालय समय १० देखि ४ को अवधीमा कुनैपनि शिक्षक तथा कर्मचारीले अन्य संघ÷संस्थामा काम गर्न नपाइने, विद्यालय क्षेत्र भित्र रहँदा अनिबार्य पोसाक लगाउनुपर्ने, राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने, विद्यालयलाई बालमैत्री, अपाङ्गमैत्री, जेष्ठनागरिक मैत्री बनाउने लगायतका बिषय सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा उपमहानगर अन्र्तगतको शिक्षा शाखाका उपसचिव भास्करराज गौतम र सम्बनधीत विद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गरेका छन् । तुलसीपुरलाई देशभरमा नमुना बनाउनका लागि विद्यालय सुधार योजना अनुसार प्रधानाध्यापकहरुसँग यो सम्झौता गरिएको मेयर घनश्याम पाण्डेले बताए । सम्झौता अनुसार कार्य गर्ने विद्यालयलाई नसोचेको पुरस्कारको व्यवस्था गरिने उनको भनाइ छ ।

‘हामी तुलसीपुरलाई शिक्षाको हव बनाउने सोंचमा छौं, त्यसमा तपाईहरु साथ दिनुहोस्, अवको केही बर्षमा तुलसीपुरका सामुदायीक विद्यालयमा भर्ना हुन सोर्स लगाउनु पर्ने अवस्था हुनेछ,’ मेयर पाण्डेले प्रधानाध्यापकले भरिएको हलमा अनुरोध गरे । सबैभन्दा बढि गुनासो आउने क्षेत्र सार्बजनिक शिक्षा भएको भन्दै उनले आफ्नो योजनालाई कार्यान्व्यन गर्न सबैले सहयोग शिक्षालाई गरे सबैभन्दा बढि प्रसंसा आउने बनाउने दावी गरे ।

‘सबै सामुायीक विद्यालयमा अङ्ग्रेजीमा पठन पाठन हुने छ, विकसित देशको रचनात्मक शिक्षण सिकाई पद्धती लागु गरिनेछ, सुचना र मनोरञ्जन सहित बालवालिकालाई पठन पाठन गर्ने व्यवस्था मिलाइने छ, शिक्षालाई गुणस्तरिय र अन्तराष्ट्रिय स्तरको बनाइने छ’ मेयर पाण्डेले आफ्ना योजना प्रधानाध्यापकहरुको अघि सुनाएका थिए ।।

प्रकाशित मिति : मङ्गलवार, मंसिर ०५, २०७४ समय : २०:००:३६ 160 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi