डिल्लीजी जन्मले चौधरी मचाहिँ कर्मले चौधरी : अपार

पहिलोपेज

तुलसीपुर । चौधरीहरुको उल्लेख्य जनसंख्या भएको दाङ क्षेत्र नं ३ को १ बाट प्रदेशसभाका उम्मेदवार भएका जगप्रसाद शर्मा “अपार”ले आफू कर्मले चौधरी भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा आयोजित एक कार्यक्रममा उनले प्रतिस्पर्धी डिल्लीबहादुर चौधरीलाई जन्मले मात्र चौधरी भएको भन्दै मतदातालाई थरको आधारमा मात्र भोट नहाल्न आव्हान गरे ।

उम्मेदवार अपारले दाङका हरेक समुदायहरुको बीचमा भावनात्मक एकता कायम गर्नको लागि बामपन्थीको विजय आवश्यक भएको बताए । अपारले चौधरीहरु (थारु समुदाय)ले भोगेको हरेक दुःख, सुख आफै भोगेको र महसुस गरेको बताउँदै अपारले थपे, “त्यसैले वास्तविक चौधरी त म हुँ ।” जनयुद्धकालमा एउटा आँखा गुमाएका शर्माले विवादित श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीसँग प्रतिष्पर्धा गर्दैछन् ।

सादा जीवन र उच्च विचार राख्ने शर्मा वैचारिक नेताको रूपमा परिचित छन् । शर्माले आफ्ना प्रतिष्पर्धी डिल्लीबहादुर चौधरी जन्मको हिसावले चौधरी भए तापनि उनी सम्भ्रान्त वर्गका परिणत भइसकेको र आफू भने कर्मका हिसावले आम चौधरीहरुले भोग्दै आएका तमाम समस्याहरु भोगिरहेको बताए ।

प्रकाशित मिति : मङ्गलवार, मंसिर ०५, २०७४ समय : १९:४१:११ 92 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi