सर्वोच्चमा बम राखिएको हल्लाले भागाभाग

पहिलोपेज

काठमाडौं । काठमाडौंको रामशाहपथस्थित सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि भागाभाग भएको छ । अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा म्यासेज पठाई अदालतमा बम भएको खबर गरेपछि भागदौड मच्चिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको स्वीकार गरे । बम राखिएको हल्लापछि सबै न्यायाधीश र कर्मचारीहरु इजलाश छाडेर चौरमा बसेका छन् ।

प्रहरीले अहिले सर्वोच्च अदालतमा माइकिङ गर्दै परिसर खाली गराउन अनुरोध गरेको छ । प्रहरी उपरीक्षक भरत कोइरालाका अनुसार भवन खाली गराएर प्रहरीले चेकजाँच गरिरहेको छ ।

बम राखिएको हल्लासँगै आजको लागि तोकिएका सबै पेशी स्थगित गरिएका छन् । यसले गर्दा सर्वोच्च अदालतको कामकारवाही प्रभावित बनेको छ । आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी अदालतले गराएको छ ।

प्रकाशित मिति : मङ्गलवार, मंसिर ०५, २०७४ समय : १३:३९:०३ 56 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi