समयमै उपचार हुन सकेको भए प्रकाश जीवित रहने सम्भावना : मसाल

“सबै साधन र सहायताका अवसर हुँदाहुँदै पनि उपचारबिना मृत्य हुनु धेरै पीडादायक”

पहिलोपेज

काठमाडौं । भूमिगत नेता मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री समेत रहेका सिंहले विज्ञप्तिमा राजधानीका सबै साधन र सहायताका अवसरहरु हुँदाहुँदै पनि उपचारबिना प्रकाशको मृत्यु हुनु धेरै पीडादायक भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डका पुत्र क. प्रकाशको असामयिक र दुःखद मृत्युप्रति दुःख प्रकट गर्दै नेकपा (मसाल)ले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै हामीले उहाँका परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।” विज्ञप्ति अगाडि भनिएको छ, “उहाँको मृत्युभन्दा पनि जुन प्रकारको अवस्थामा उहाँको निधन भयो, त्यो कैयौँ गुणा बढी हृदयविदारक छ ।”

विज्ञप्तिमा थपिएको छ, “डाक्टरले दिएको जानकारी अनुसार उहाँलाई हृदयघात भइसकेपछि पनि कोठामा उहाँलाई मद्दत गर्ने कोही भएन र त्यसरी बिना कुनै सहायता वा उपचार उहाँको मृत्यु हुन पुग्यो । उहाँलाई अत्यन्तै छटपटी हुँदा पनि उहाँलाई मद्दत गर्ने कोही भएन । उहाँ चितवनबाट नै अस्वस्थ भएर काठमाडौँ आउनु भएको थियो । तर उहाँको अस्पताल वा डाक्टरकहाँ उपचार गराउने काम पनि हुन नसकेको कुरा थाहा भएको छ । यदि समयमा नै उहाँको उपचार हुन सकेको भए उहाँ जीवित रहने सम्भावना पनि थियो ।”

विज्ञप्तिमा भनिएको छ, “राजधानीमा सबै साधनहरू वा सहायताका अवसरहरू हुँदाहुँदै पनि जसरी बिना उपचार नै उहाँको मृत्यु भयो, त्यो धेरै पीडादायक छ ।“ विज्ञप्तिमा उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

प्रकाशित मिति : सोमवार, मंसिर ०४, २०७४ समय : २१:४३:३१ 306 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi