अबको काम भनेकै विकास निर्माणको हो

 

पूर्वी रुकुम निर्वाचन क्षेत्र नं. २ मा तपाईको उम्मेदवारी किन ? यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरु पनि हुनुहुन्छ । मतदाताले तपाईलाई नै मत किन दिने ?
यो नेपालकै कान्छो जिल्ला हो । रुकुम टुक्रियो र पूर्वी रुकुम र पश्चिम रुकुम बन्यो । यसले दुबै जिल्लाको सम्भावना उजागर गर्ने मौका प्राप्त गर्नुका साथै विकास र समृद्धिको ढोका समेत खोलेको छ । त्यतिमात्र हैन प्रशानिक कार्यका लागि दुबै जिल्लालाई सहज र सरल बनाएको छ ।

पूर्वी रुकुमको कुरा गर्नुहुन्छ भने यो प्राकृतिक स्रोतसाधनले सम्पन्न जिल्ला छ । यहाँको जडिबुटी, जलस्रोत र कृषिलाई हामीले आधुनिकिकरण औद्योगीकरण र बजारीकरण गर्न सक्याँै र पर्यटनको विकास तथा प्रचार गरे मात्र यहाँको जनताको घरघरमा समृद्धि र गाउँगाउँमा विकास दिन सक्छाँै । त्यसैको नेतृत्व गर्न र यही जिम्मेवारी बहन गर्न मैले यो क्षेत्रवाट उम्मेदवारी दिएको छु ।

पार्टीको जिम्मेवारीका कारण मैले यहिलेसम्म जनप्रतिनिधिको रुपमा काम गरिन तर अब देश राजनीतिक संक्रमणको अन्त्यसँगै समृद्धिको दिशामा अघि बढिरहेको छ । आगामी पाँच वर्षमा पूर्वी रुकुमलाई समृद्ध बनाउन यहाँका मतदाताले मलाई मतदान गरी सहयोग गर्ने मेरो अपेक्षा, आशा र भरोसा छ ।

विकास निर्माणसम्बन्धी तपाईका एजेन्डा के हुन् ?
राजनीतिक आन्दोलन सकियो । अबको काम भनेकै विकास निर्माणको हो । पहिलो कुरा म नेताहरु जितेर जाने र फर्केर आउँदैनन् भन्ने जनताको गुनासोको अन्त्य गर्छु र सधैँ जनताको बीचमा रहेर जनतासँगै सल्लाह गरेर सबै विकास निर्माणको काम गर्छु । दोस्रो कुरा सडक, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका समस्या छन् । जनप्रतिनिधि भएका हैसियतले मैले यिनै विकास निर्माणका काम गर्ने छु ।

अहिले माओवादी केन्द्र र एमालेबीच भनिएको तालमेलको उद्देश्य के हो ?
अहिलेको एमाले र माओवादी केन्द्र बीचको सहमति बाम गठबन्धन निर्माण गरी आगामी संघ तथा प्रदेशको निर्वाचनमा तालमेल गर्दै एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने र देशमा समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्यका साथ हो ।

विभिन्न जनपक्षीय आन्दोलन, जनसंघर्ष, जनयुद्ध जस्ता जनमुक्ति आन्दोलनका कारण देशमा गणतन्त्र आएको छ । लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान जारी भएको छ । त्यो संविधानमै हामीले समाजवादउन्मुख दिशातर्फ जाने भनेर उल्लेख गरेका छौं । राजनीतिक, नागरिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक रुपान्तरणका सवालमा कम्युनिष्टहरुले नै नेतृत्व गरे । छुट्टाछुट्टै भएर गर्दा पनि यति ठूला परिवर्तन भए भने सँगै बसेर काम गर्दा झन धेरे अगाडि बढ्न सकिन्छ । फेरि समाजवादमा पुग्ने महान लक्ष्य लिएर अघि बढेपछि अनि दुई दलको एउटै बाटो भएपछि एउटै पार्टीमा रहेर काम गर्नुपर्छ भनेर नेतृत्वले सोचेको हो । समाजवादमा जानको लागि संगठनात्मक संरचना पनि बलियो हुन जरुरी छ । यसकारण वामपन्थीहरुको एउटा स्थिर सरकार निर्माण गर्ने तत्कालिक लक्ष्यका साथ वामपन्थी गठबन्धन गरिएको छ र सकेसम्म एउटै कम्युनिष्ट केन्द्र निर्माण गरिन्छ र त्यति नभए पनि दुई पार्टी विच एकीकरण भने अवश्य हुन्छ । समाजवादी क्रान्तिका लागि अब हामी एक्ला–एक्लै भएर अघि बढ्न सक्दैनौं । यो कुनै स्वार्थ नभएर एजेण्डाको आधारमा एकता भएको छ ।

कार्यकर्ताहरुसँग छलफल नगरिकनै गरिएको पार्टी एकताले कार्यकर्ता पंक्तिमा कस्तो प्रभाव पार्ला ?
पार्टी एकता कसैको मनोगत चाहनाले हुने हैन । नेताले मात्र चाहेर मात्र हुँदैन । यसो हुने भए त २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी किन विभाजित र टुक्राटुक्रा हुन्थे ? एमालेले पनि टुटफुट र विभाजनको दुखद अवस्था व्यहोर्दै एकीकृत हुँदै आयो । माओवादी पनि विभिन्न टुक्रामा विभाजित भएर एकीकृत बन्यो । त्यो भन्दा ठूलो जनताले सबै बाम एक ठाम । एउटै लक्ष्य, उद्देश्य बोकेका पार्टीहरुलाई फरक फरक ठाउँमा पाउँदा र भोट हाल्दा एउटै कम्युनिष्ट बन भनेर दवाव सिर्जना गर्दै आएका थिए । यसले गर्दा आम नेता कार्यकर्तामा यो एकताले उत्साह नै पैदा गरेको छ । कम्युनिष्ट विचार मान्ने जनतामा झन ठूलो उत्साह र आशा जागेको छ ।

योे वस्तुगत परिस्थिति र जनताको मागको आधारमा नेताहरुले यस्तो निर्णय लिनुभएको हो । हिजो रुसमा बोल्सेविक र मेन्सेविकहरुमा नि केही राजनीतिक र सैद्धान्तिक भिन्नताहरु थिए तर लेनिनले जनताको चाहना भन्दै पार्टी एकतामा जोड दिनुभयो । हिजो दुबै पार्टी फरक फरक आन्दोलन, पृष्ठभूमि, दर्शन र विचारबाट प्रशिक्षित र सहभागी भएर आएका छन् । यसैगरी हिजो दुबै पार्टीका कार्यकर्ता र नेताहरु दुश्मनी पनि गरिएको हो । तर, हिजो मलाई के भएको थियो भन्दा देशको आवश्यकता के छ ? भन्ने आधारबाट हे¥याँै भने एकताको महत्व र आवश्यकतालाई आम जनसमुदाय र कार्यकर्ताले बुभ्mन जरुरी छ ।

पार्टी एकताले नेपाली समाज र राजनीतिमा दीर्घकालीन रुपमा के फाइदा गर्छ ?
विचारधारात्मक रुपमा हामीले समाजवादी क्रान्ति सम्पन्न गर्ने कुरा गरेका छौं । हाम्रा विचारमा केही भिन्नता अवश्य छन् । यी मतभिन्नतालाई एकताअघि र पछिसम्म पनि छलफल र बहस गरेर विचार, कार्यक्रम र कार्यनीति एउटै बनाएर हल होला जे भए पनि हाम्रो साझा लक्ष्य भनेको समाजवादी क्रान्ति पूरा गर्ने नै हो । यसमा दुई दलबीच खासै धेरै अन्तर छैन ।

झापा आन्दोलनको विरासत बोकेको एमाले र जनयुद्धको एउटा महान अभियानवाट अघि बढेका माओवादी ०६२÷०६३ पछि सैद्धान्तिक र वैचारिक रुपमा नजिक हुँदै गएका हाँै । माओवादीको हेटौंडा महाधिवेशनले सशस्त्र क्रान्तिद्धारा नेपालको जनवादी क्रान्ति मूलभूत रुपले सम्पन्न भएको हुँदा बाँकी कार्यभार पूरा गर्न समाजवादतर्फ जाने निर्णय ग¥यो भने एमालेको नवाँै महाधिवेशनले आजको जनताको बहुदलीय जनवाद भनेको राष्ट्रिय पूँजीको विकास गर्दै लोकतान्त्रिक विधिबाट समाजवादको तयारी गर्ने नीति पास ग¥यो । यसरी दुबै पार्टीले हिजो भन्दै आएको नेपाल अब अर्धसामन्ती र अर्ध औपनिवेशिक रहेन । जनवादी क्रान्तिका मूलभूत कार्यसम्पन्न भई समाजवादको तयारी गर्ने नीति पास भाएपछि एकताको आधार सैद्धान्तिक रुपमा पनि बलियो बनायो । यी दुबै पार्टीले आ–आफ्ना सिद्धान्तको नामकरण बेग्ला–बेग्लै गरे पनि कार्यभार भने राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गर्नु रहेको छ । यो एकताले नेपाली राजनीति र समाजमा दीर्घकालीन रुपमा समाजवादको स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

पार्टी एकताका राजनीतिक र सैद्धान्तिक आधारहरु के हुन ?
दशवर्षे जनयुद्ध र उन्नाइस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्ने, सर्वहारा वर्गको अधिनायकत्व कायम गर्ने, मालेमावादका सार्वभौम सिद्धान्तको आत्मसात गर्ने र आसन्न निर्वाचनमा ६०÷४० प्रतिशतले साझा उम्मेदवार उठाउने विषय नै पार्टी एकताका आधारहरु हुन् ।

प्रकाशित मिति : सोमवार, मंसिर ०४, २०७४ समय : १७:४७:२२ 128 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi