प्रदेशस्तरको सुविधासम्पन्न बृद्धाश्रमका रुपमा विकास गरिने : नेता पोखरेल

टीकाबहादुर बस्नेत

दाङ । नेकपा एमालेका नेता शंकर पोखरेलले जेष्ठ नागरिक सरोकार केन्द्रलाई प्रदेशस्तरको सुविधासम्पन्न बृद्धाश्रमका रुपमा विकास गर्ने बताएका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १६ को तेरौटेमा रहेको बृद्धाश्रम, जेष्ठ नागरिक सरोकार केन्द्रमा शनिवार बुद्धको मूर्ति स्थापनाका लागि मूर्ति हस्तारण कार्यक्रममा सो कुरा बताएका हुन् ।

नेता पोखरेलले आफूले नेतृत्व गर्ने पाँच नम्वर प्रदेशको बृद्धाश्रमको संरक्षण गर्न विशेष प्याकेज ल्याउने उद्घोष गरे । “यो बृद्धाश्रमलाई सुविधासम्पन्न बृद्धाश्रमका रुपमा विकास गर्नु जरुरी छ । बृद्धाश्रम जेष्ठ नागरिकलाई आश्रम दिने मात्र नभई जुनसुकै उमेर समूहका व्यक्ति दिनभर यहाँ आएर मनोरञ्जन लिनसक्ने मनोरम स्थलका रुपमा विकास गर्न सकिन्छ । त्यसतर्फ मेरो ध्यान जानेछ”, नेता पोख्रेलले भने ।

नेता पोखरेलले अब बन्ने पाँच नम्बर प्रदेश लुम्बिनी प्रदेश हुने र यो प्रदेशको पहिचान झल्काउन बुद्धको मूर्ति बृद्धाश्रमलाई हस्तान्तरण गरिएको स्पष्ट पारे । उनले प्रदेश राजधानीका हालसम्म चर्चामा रहेका अन्य स्थान भन्दा दाङ बढी उपयुक्त स्थान रहेको उल्लेख गरे ।

जेष्ठ नागरिकलाई सम्मानित वातावरणमा जिउने अवस्थाको सिर्जना गर्ने बताउँदै उनले थपे, “बाम गठबन्धनको घोषणापत्रमा बृद्धभत्ता मासिक ५ हजार पु¥याउने प्रतिवद्धता मैले मुख्यमन्त्री भएपछि जसरी पनि कार्यान्वयन गर्छु, ढुक्क हुनुहोस् ।” नेता पोखरेल र नेकपा एमालेकी नेतृ सुजिता शाक्यले जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीलाई सो मूर्ति हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : शनिवार, मंसिर ०२, २०७४ समय : १२:०३:४५ 109 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi