राप्रपा प्रजातान्त्रिकका उम्मेदवार नै माओवादी केन्द्रमा

पहिलोपेज

रोल्पा । राप्रपा प्रजातान्त्रिकको तर्फबाट रोल्पा क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । शुक्रबार रोल्पाको लिबाङमा आयोजित वाम गठबन्धनको चुनावी सभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उम्मेदवार ठकुरीलाई उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले टीका लगाई स्वागत गरेका थिए । प्रवेशसँगै विज्ञप्ति जारी गर्दै ठकुरीले आफ्नो कुनै उम्मेदवारी नरहेको बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन् ‘आजबाट मेरो उम्मेदवारी नरहेको जानकारी गराउँदछु र मेरो समर्थन वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार वर्षमान पुन ‘अनन्त’ र प्रदेशसभा सदस्य रोल्पा–१ का उम्मेदवार कुलप्रसाद केसीलाई समर्थन गरेको घोषणा गर्दछु ।’

मुलुक एकता गर्ने अभियान
उनले देशको वर्तमान ध्रुवीकरण र यसले पार्ने रणनैतिक प्रभावलाई मध्यनजर गर्दै आफूले एकताको बाटोमा हात बढाएको स्पष्ट पारेका छन् । देशभक्त, जनपक्षीय, श्रमिक वर्गको हितको राजनीतिलाई एकतावद्ध पार्ने अभियान अनुसार अगाडि आएको वाम एकताले आफूलाई पनि होमिन हौसला मिलेको बताए । उनले आफ्ना सबै शुभेच्छुक मतदातालाई समेत माओवादीमा भोट गर्न अपिल गरेका छन् । ठकुरी राप्रपा प्रजातान्त्रिकका राप्ती अञ्चल प्रमुख तथा केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।

प्रकाशित मिति : शुक्रवार, मंसिर ०१, २०७४ समय : १९:०३:३१ 225 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi