८० बर्षीया बृद्धाले मागिन् उम्मेदवारसँग बृद्धभत्ता

दीपक बोहरा

तुलसीपुर । बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ को १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा “अपार” जनताका समस्या बुझ्न गाउगाउमा पुग्ने गरेका छन् । त्यसैक्रममा उनी शुक्रबार तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङपुर पुगे । त्यहाँका अधिकांश नागरिकले बिकास र समृद्धि मागे । उनीहरुका मागहरु सडक कालोपत्रे, खानेपानी, सिंचाईको सुबिधा उपलब्ध हुनुपर्ने : यस्तै यस्तै थिए ।

तर त्यहाँकी ८० बर्षीया एक बृद्धा आमाको पीडा फरक थियो । उम्मेदवार अपारसँग उनले फरक माग राखिन् । उनले उम्मेदवारसँग विकास मागिनन् । उनको माग थियो बृद्धभत्ता । सरकारले ७० बर्ष पुगेपछि बृद्धभत्ता प्रदान गर्छ । तर तुलसीपुर १४ ड्वाङपुरकी कमारी देवी रावतले भने अहिलेसम्म बृद्धभत्ता खान पाएकी छैनन् । त्यसैले उनले उम्मेदवार अपारसँग बृद्धभत्ता उपलब्ध गराइदिन माग गरिन् ।

उनले साबिक सैघा गाबिस ४ मा बसोबास गर्दा भत्ता पाइरहेको भएपनि त्यहाँबाट बसाईसराई गरिसकेपछि अहिलेसम्म पनि सरकारले बृद्धभत्ता उलब्ध नगराएको गुनासो पोखिन् । वडा कार्यालयमा पुग्दा यो या त्यो बहाना बनाएर बृद्धभत्ता उपलब्ध नगराएको उनका छोरा बुद्धिराम रावतले बताए । त्यस अवसरमा उम्मेदवार जगप्रसाद शर्मा “अपार”ले ती बृद्धलाई बृद्धभत्ता उपलब्ध गराउन पहल थाल्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : शुक्रवार, मंसिर ०१, २०७४ समय : १७:१९:५४ 173 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi