सातदोबाटोमा महरा, वर्षमान र ओनसरीमाथि ग्रिनेड प्रहार

आक्रमण दुस्साहस, अराजनीतिक र अपराधिक : महरा

पहिलोपेज

दाङ । रोल्पा नगरपालिकाको सातदोबाटो नजिकै माओवादी केन्द्रका वरिष्ठ नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन “अनन्त” र निवर्तमान सभामुख ओनसरी घर्तीमाथि ग्रिनेड प्रहार भएको छ । ग्रिनेड प्रहारको ठूलो आवाज आए तापनि कुनै मानवीय क्षति भने भएको छैन ।

रोल्पाको सदरमुकाम लिवाङमा आज वाम गठवन्धनको विशाल जनसभा हुँदैछ । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका महासचिव, उपप्रधानमन्त्री तथा दाङ– २ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार कृष्णबहादुर महरा बिहानै दाङबाट रोल्पातर्फ हिँडेका थिए । रोल्पाको दक्षिणी भेगमा पर्ने रोलेरीको सभालाई सम्बोधन गर्न र मतदातासमक्ष आएका रोल्पाका प्रतिनिधिसभाका उम्मेदवार एवं माओवादी केन्द्रका वरिष्ठ नेता बर्षमान पुन “अनन्त”, निवर्तमान सभामुख ओनसरी घर्ती र प्रदेशसभाका दुबै उम्मेदवारहरु कुलप्रसाद केसी “सोनाम” र दीपेन्द्र पुन “सिजल” पनि सँगसँगै रहेका थिए । साथमा समानुपातिकतर्फका उम्मेदवारहरु पनि रहेका थिए ।

“सातदोबाटोमा हामीलाई लक्ष्यित गरी ग्रिनेड प्रहार गरिएको थियो । हामी सबै सकुशल छौं र लिवाङ आइपुग्यौं”, माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले पहिलोपेज डटकमलाई भने । उनले भने, “ठूलो धमाका सुनियो तर ग्रिनेड बाटोसम्म पनि आएन ।”

सुरक्षाकर्मीले दुई राउण्ड जवाफी फायरिङ गरेका थिए । सशस्त्र प्रहरीले घटनास्थलमा खोजतलास शुरु गरेको सुरक्षास्रोतले जनाएको छ । उक्त आक्रमणको जिम्मा यो समाचार तयार पार्दासम्म कसैले नलिए पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहारको निशानामा परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पाको भदौरे भन्ने स्थानमा भएको उक्त आक्रमणलाई अराजनीतिक, दुस्साहस र अपराधिकको संज्ञा दिएका छन् । गणतान्त्रिक नयाँ संविधान घोषणा गरेर देशलाई समृद्धिको बाटोमा लैजाने अभियान शुरु गर्ने महाअभियानमा अवरोध गरेर प्रतिगामी तत्वलाई फाइदा पुराउने र अन्ततः देशलाई प्रतिगामीकै हातमा पु¥याउने दुस्साहस गरिएको उनको टिप्पणी छ ।

प्रकाशित मिति : शुक्रवार, मंसिर ०१, २०७४ समय : १३:२२:२४ 399 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi