नयाँ शक्तिमा एकजना संयोजक मात्रै बाँकी : अत्तालिए बाबुराम

राजेन्द्र न्यौपाने

गोरखा । नयाँ शक्ति नेपालमा अब एक जना संयोजक मात्रै बाँकी रहेको तथ्य बाहिर आएको छ । नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यहरु र कलाकारहरु सबै एमालेमा प्रवेश गरेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताए ।

बुधबार पालुङटारमा आयोजित सभामा नयाँ शक्तिका विदेश विभाग प्रमुख एवं नयाँ शक्तिको शिक्षक संगठनका प्रमुख इन्द्रराज भट्टराई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । भट्टराईका आफ्नै सहगोत्री र नयाँ शक्तिका सुरुदेखिका योजनाकार समेत रहेका इन्द्रराज माओवादी केन्द्र प्रवेश गरेसँगै बाबुराम भट्टराईसँग उनकी श्रीमति हिसिला बाँकी रहेको उनले बताए ।

आज गोरखाका विभिन्न ४ स्थानमा भएका कार्यक्रमपछि डा.बाबुराम भट्टराई अत्तालिएको नयाँ शक्तिका एक नेताले जानकारी दिएका छन् । तत्कालै पालुङटार, भच्चेक, घ्याम्पेसाल लगायतका स्थानमा काँग्रेससँग मिलेर चुनावी सभा गर्ने छलफल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : बुधवार, कार्तिक २९, २०७४ समय : २२:२१:५८ 442 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi