दारी बाको कटेजका युवाले मिर्गौलापीडितलाई जुटाए ५० हजार

अजय जीएम

काठमाडौं । प्रदेश नम्बर ५ को सम्भावित राजधानी दाङबाट सञ्चालित “दारी बाको कटेज, हाम्रो अड्डा” फेसबुक ग्रुपका युवाहरु सामाजिक अभियन्ताका रुपमा परिचित हँुदैछन् । विशेषतः सामाजिक रुपान्तरणका निमित्त गरिने जुन कुनै कार्यहरुमा उनीहरुको स्वतन्त्र ढंगले सहभागिता हुने गर्दछ ।

घोराही उपमहागर निवासी अरुण खनालको दुबै मिर्गौलाले काम नगर्ने भएपछि उनले आफ्नो फेसबुकको वालमा सहयोग मागेका थिए । खनालको स्टाटस पढिसकेपछि उनका बारेमा सोधखोज गरी सत्य पत्ता लगाएर “अरुण खनाल बचाउ अभियान” दाङमा चलाएका थिए “दारी बाको कटेज, हाम्रो अड्डा” फेसबुक ग्रुपका अभियन्ताहरुले । आफ्नो कार्य व्यस्तता र आफूहरुको सञ्जाल पूर्णरुपले बिस्तार नभइसकेको कारणले उनीहरुको अभियान घोराहीस्थित मुख्य बजारमा मात्र सम्भव रह्यो ।

गोर्खा, भ्यालीटप, मेचीकाली, मार्क, काठेकोहल, राप्ती शिक्षा, हिन्दू विद्यापीठ, शान्ति निकेतन र माउन्टभ्यु स्कुलका विद्यार्थी–शिक्षकबाट र भरतपुर रोड, उमेशमार्ग, बिजी मार्केट, दीपशिखा रोडलगायतमा सहयोग संकलन गरेका थिए । सहयोग संकलन अभियानबाट ५० हजार ३८ रुपैयाँ उठेको ग्रुपले जनाएको छ । सो रकम माछापुच्छ्रे बैंकमा रहेको खनालको ३७४०५२४५३७१०४०१७ नम्बरको खातामा जम्मा गरिदिएको ग्रुपका एक सदस्यले जानकारी दिए ।

ग्रुपका सदस्यहरु भन्छन् “फिल्डमा खट्दा अग्रजहरुले दिनुभएको आशीर्वादले नै हामीलाई यस्ता कार्यहरु गरिरहन प्रेरित गर्दछ ।” यसअघि यस ग्रुपले भैलोबाट उठेको रकमबाट दाङकै तेरौटेस्थित बृद्धाश्रममा कम्बलहरु सहयोग गरेको थियो ।

प्रकाशित मिति : मङ्गलवार, कार्तिक २८, २०७४ समय : २१:३४:०४ 159 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi