अध्यक्ष केसी बिहान पत्रकार भेटघाटमा र दिउँसो लमहीको सभामा

पहिलोपेज

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले भोलि मंगलबार बिहान घोराहीमा पत्रकार भेटघाट गर्दैछन् । अध्यक्ष केसीले त्यसपछि लमहीमा राष्ट्रिय जनमोर्चा दाङले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रगतिशील पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति दाङले घोराहीमा आयोजना गर्ने पत्रकार भेटघाट कार्यक्रम मंगलबार बिहान ८ बजे नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा हुनेछ । उक्त कार्यक्रममा सहभागिताका लागि जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरुलाई प्रगतिशील पत्रकार संघ नेपाल दाङका अध्यक्ष महेश रिजालले आग्रह गरेका छन् ।

प्रकाशित मिति : सोमवार, कार्तिक २७, २०७४ समय : २१:०७:०७ 213 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi