कांग्रेसका इमान्दार कार्यकर्ताहरुले पनि मलाई भोट दिन्छन् : महरा

पहिलोपेज

घोराही । उपप्रधानमन्त्री तथा दाङ २ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महराले यसपटकको निर्वाचनमा कांग्रेसका इमान्दार कार्यकर्ताहरुले पनि आफूलाई मतदान गर्ने बताएका छन् । आज बिहान घोराहीको महालक्ष्मी टोल र रतनपुर टोलमा मतदाताहरुसँग कुरा गदैं महराले यस क्षेत्रको विकासमा आफूले उल्लेख्य योगदान गरेकाले सबै पार्टीका कार्यकर्ताहरुले आफूलाई सहयोग गर्ने बताएका हुन् ।

“म अर्थमन्त्री भएका बेला दाङमा ५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यसअघि दाङमा बार्षिक करिव १२÷१३ करोड रुपैयाँ मात्र बजेट विनियोजन हुँदै आएको थियो”, महराले भने, “दाङवासीलाई विकास चाहिएको छ र मेरो पूरै ध्यान विकास निर्माणमा छ ।”

कांग्रेसका केही नेताहरु बाहेक धेरै कार्यकर्ता तथा समर्थकहरु परिवर्तन र विकास पक्षधर भएको महराको भनाई छ । वाम गठवन्धन कसैका विरुद्ध नभएर समग्र मुलुकको विकास र समृद्धिका लागि भएको उनले बताए ।

“हामी मुलुकमा तीव्र आर्थिक विकास गर्न चाहन्छौं । कांग्रेसको नेतृत्व विकास विरोधी छ”, महराले भने, “आफ्नो आस्था जे भएपनि इमान्दार कांग्रेस कार्यकर्तालाई पनि विकास चाहिएको छ । त्यसैले उहाँहरुले मलाई मतदान गर्नुहुन्छ ।”

निर्वाचनपछि वामपन्थीहरुको सरकार बन्ने उल्लेख गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता महराले प्रदेशको राजधानी दाङ बनाउन आफू कटिवद्ध भएको बताए । उनले निर्वाचन लगत्तै माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने पनि बताए ।

प्रकाशित मिति : सोमवार, कार्तिक २७, २०७४ समय : १३:३६:०४ 194 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi