तपाइको आज : २०७४ साल कार्तिक २७ गते सोमवार

मेष: काममा सोचेजस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । नयाँ रचनात्मक काममा हात हाल्ने समय छ । विश्वासपात्रले धोका दिन सक्छन ।

वृष: विचारले धेरैलाई प्रभावित बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा साथ दिनेछन । राम्रै फाइदाको योग छ ।

मिथुन: काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुँदा मन खुसि रहनेछ ।

कर्कट: व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन ।

सिंह: प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ ।

कन्या: सरसापटमा धन खर्च हुने समय छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । लगानीको तुलनामा कम देखिए पनि प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ ।

तुला: नयाँ काम सुरु हुन सक्छ । सहयोगीहरूको साथले आँटेका काममा उत्साह थपिनेछ । घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ ।

वृश्चिक: विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका मिल्नेछ ।

धनु: विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । नयाँ रचनात्मक काम सुरु गर्ने समय छ ।

मकर: शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । सत्कर्ममा जुट्नेहरूलाई भने फाइदै हुनेछ ।

कुम्भ: अवसर आए पनि मौकामा लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । लाभांश भने सुरक्षित वा सञ्चय नहुन सक्छ ।

मीन: आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । मन खुसि हुनेछ ।

 

हाम्रो पात्रोबाट

प्रकाशित मिति : सोमवार, कार्तिक २७, २०७४ समय : ७:४६:१२ 311 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi