मृत्युलाई जितेर आएका हौं, बम हान्दैमा तर्सिनेवाला छैनौं : जनार्दन शर्मा

पहिलोपेज

दाङ । प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा “प्रभाकर”ले आफूहरु मृत्युलाई जितेर आएको र कसैले बम हान्दैमा नतर्सिने बताएका छन् । सानीभेरी गाँउपालिकाको सिम्लीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य समेत रहेका प्रभाकरले क्रान्तिको दिशामा अगाडि बढ्दा यस्ता चुनौति आइलाग्ने र जनताको बलमा चुनौतिहरुको सामना गर्ने बताए ।

वाम एकताको सहजीकरण गरेर मुलुकलाई समाजवादी क्रान्तिको दिशामा लैजाँदा दलालहरु तर्सेर आपूmमाथि आक्रमण गर्न थालेको उनको भनाइ थियो । उम्मेदवार शर्माले जिल्लाको विकासका क्रममा अहिलेसम्म ७७० किलोमिटर सडक निर्माण, १ मेघावाट विद्युत उत्पादन, राष्ट्रिय विद्युत प्रसारण लाइनको पहुँच लगायतका काम सम्पन्न भएको जानकारी गराए । उनले संक्रमणकालमा भएको यो प्रगति रुकुमको समृद्धिका लागि जग भएको बताउँदै अब विकास निर्माणको अभियान तीव्र गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

निर्वाचनपश्चात राज्यको तीनवटै तहमा वामपन्थी सरकार बन्ने दावी गर्दै नेता शर्माले उत्पादन र विकासको अभियानले गति लिने दावी गरे । जनताको आर्थिक जीवन नबदलेर समाजवाद नआउने तर्क गर्दै उनले उत्पादनमूलक काममा लाग्न युवाहरुलाई आग्रह गरे । आफूले रुकुमको विकासका लागि आगामी ५ वर्षको मार्गचित्र तयार पारेको बताउँदै स्थानीय सरकारहरुलाई त्यो मार्गचित्र कार्यान्वयन गर्न निर्देशन पनि दिए ।

प्रकाशित मिति : शुक्रवार, कार्तिक २४, २०७४ समय : १८:०८:४५ 580 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi