प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिएर ठग्ने एक महिला पक्राउ

पहिलोपेज

दाङ । नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिँदै रकम ठग्दै हिड्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको कोटगाउँ– ८ घर भई हाल घोराही उपमहानगरपालिका– १५ जानकी टोल बस्ने २३ वर्षीया अमृता वलीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन् ।

अपराध नियन्त्रण, तस्करी, गुण्डागर्दी नियन्त्रण र फरार व्यक्तिहरु समेत पक्राउ गर्ने प्रहरीको विशेष अभियान अन्तरगत वलीलाई पक्राउ गरिएको हो । अनिकेत योगी समेतको जाहेरीपछि वलीलाई ठगी मुद्दामा पक्राउ गरिएको हो ।

दंगीशरण गाउँपालिका वडा नं. ७ बस्ने २० वर्षीय अनिकेत योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकसमेतबाट प्रतिव्यक्ति १ लाख ५० हजार रकम लिई ठगेको भन्ने सूचनाका आधारमा वलीलाई पक्राउ गरिएको हो । पक्राउ परेकी अमृता वलीलाई ठगी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहिवार, कार्तिक २३, २०७४ समय : २१:३६:३९ 235 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi