प्रहरीद्वारा पत्रकार कुटिएपछि सन्धिखर्क बजार बन्द, उर्लिए सडकमा जनता

पहिलोपेज

अर्घाखाँची । अर्घाखाँचीमा पत्रकार दामोदर केसीलाई बुधवार प्रहरीले बिनाकारण कुटपिट गरी घाइते बनाएपछि बिहीवार सन्धिखर्क र चुत्राबेसी बजार बन्द भएका छन् । उक्त घटनाको निन्दा गर्दै जनता सडकमा उर्लिनुका साथै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाको राजीनामा माग्दै हजारौं युवाहरु जिल्ला प्रहरी कार्यालय पुगेर चर्को नाराबाजी गरेका थिए ।

स्थानीयवासीहरुको सामान्य विवाद मिलाउन समन्वयकारी भूमिका निर्वाह गरिरहेका प्रगतिशील पत्रकार संघ जिल्ला कार्यसमिति अर्घाखाँचीका सदस्य, नेपाल पत्रकार महासंघका साधारण सदस्य, सामुदायिक रेडियो अर्घाखाँचीका समाचारदाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्चालक दामोदर केसीमाथि बुधवार बेलुकी प्रहरीले कुटपिट गरेको थियो । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका पत्रकार केसीको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी ज्यादतिको विरुद्धमा हजारौं जनता सडकमा उर्लिएर उक्त घटनाको निन्दा गर्नुका साथै बिहीबार सन्धिखर्क र चुत्राबेसी बजार बन्द गरेका हुन् । घटनापछि स्थानीयवासीको आक्रोश बढ्दै जान थालेपछि बिहीवार प्रहरीप्रशासन तथा नागरिक अगुवाहरु रहेको सर्वपक्षीय बैठक सम्पन्न भएको छ । सर्वपक्षीय बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले हिजो भएको घटनामा प्रहरी नायव उपरीक्षकले नैतिक जिम्मेवारी लिँदै छानविन र आवश्यक कारवाही गर्ने, घटना घटाउने जुनसुकै पक्षलाई पनि नछोड्ने सहमति गर्दै बजार खुला गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : बिहिवार, कार्तिक २३, २०७४ समय : १५:४८:४२ 201 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi