तपाइको आज : २०७४ साल कार्तिक २३ गते बिहिवार

मेष: आर्थिक स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन । आस मारेको कामले उत्साह जगाउनेछ । टाढिएका साथीभाइ नजिकिनाले सुखदुखमा साथ पाइनेछ ।

वृष: दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले मन प्रसन्न रहनेछ । परोपकारी काम गर्न सकिनेछ । रमाइलो यात्रा हुनेछ ।

मिथुन: पारिवारिक सम्बन्धमा सुधार आउनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ ।

कर्कट: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठुला व्यक्तिको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ ।

सिंह: आर्थिक पक्ष सबल बन्नुका साथै धेरै काममा सफलता मिल्नेछ । मनग्य धन आर्जन गर्ने मौका रहेकोछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कन्या: नयाँ कामको अवसर मिल्नेछ । साथीहरुको सहयोग जुट्नाले काम गर्ने उत्साह र हौसला मिल्नेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।

तुला: प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । महत्वपूर्ण काम बन्नाले मन खुसि हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

वृश्चिक: मेहनतले सोचे भन्दा धेरै आम्दानी हुनेछ । लामो समयपछि साथीसंग भेट हुँदा मन खुसि रहनेछ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ ।

धनु: लगनशीलता र मेहनतको सबैले प्रसंसा गर्नेछन । अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रयत्न गर्दा विदेशयात्राको अवसर समेत जुट्न सक्छ ।

मकर: हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्नेछ । मन प्रसन्न रहनेछ ।

कुम्भ: गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । प्रयास गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ । धेरैले सहयोग गर्नेतात्परता देखाउनेछन ।

मीन: रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ ।

हाम्रो पात्रोबाट

प्रकाशित मिति : बिहिवार, कार्तिक २३, २०७४ समय : ७:०३:१९ 248 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi