शिक्षक संघले मनायो २८ औं शिक्षक दिवस

भानु जीएम

दाङ । नेपाल शिक्षक संघ दाङले आज घोराहीमा २८ औं शिक्षक दिवस मनाएको छ । संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि कीर्तिबहादुर खड्का, नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय उपाध्यक्ष बमबहादुर डिसी, जिल्ला शिक्षा अधिकारी रमेश मैनाली, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगी, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द न्यौपाने, पूर्व केन्द्रीय उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकी, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्का, संघका संस्थापक केन्द्रीय सदस्य विष्णुप्रसाद शर्मा, संस्थापक अध्यक्ष विनोद पोख्रेल, पूर्व अध्यक्षहरु कुमुद पोख्रेल, शंकरदिवस मजगैंया र अर्जुनकुमार योगी, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सल्लाहकार उद्घव न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष मोहन वली, अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष भानु जीएम, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे, अखिल नेपाल शिक्षक संगठनका सूचना विभाग प्रमुख विष्णु खत्री, नेपाल निजामति कर्मचारी एशोसिएशनका अध्यक्ष वामदेव शर्मा, नेपाल तरुण दल दाङका सहसचिव ध्रुव आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक दिवसको अवसरमा पूर्वशिक्षक, शिक्षाप्रेमीको रुपमा संघका पूर्व अध्यक्ष कुमुद पोख्रेललाई सम्मान गरिएको थियो भने प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुराएकोमा प्रजातन्त्र सेनानीको रुपमा तीर्थराज शर्मा ज्ञवाली “चैत”, नेमकान्त दाहाल र टोपसिङ डाँगीलाई सम्मान गरिएको थियो । शैक्षिकसत्र २०७३ मा निवृत्त भएका ३३ जना निवृत्त शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यसैगरी सो अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा प्रकाश डाँगी, लक्ष्मी न्यौपाने, श्रीधर योगी, वसन्तप्रकाश चौधरी, खुमानसिङ खड्का र छविलाल न्यौपानेले रक्तदान गरेका थिए । नेपाल शिक्षक संघ दाङकी उपाध्यक्ष अनन्ता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव प्रकाश डाँगीले गरेका थिए ।

प्रकाशित मिति : बुधवार, कार्तिक ०८, २०७४ समय : २१:४८:०९ 126 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi