शिक्षा ऐन नवौं संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

भानु जीएम

दाङ । बहुप्रतिक्षित शिक्षा ऐन नवौं संशोधन विधेयक २०७४ लाई सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयमा दर्ता भएको अन्तिम दिन अर्थात १५ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयमा दर्ता भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । ऐन प्रमाणीकरण गर्न नहुने भन्दै शिक्षाविद, विद्यार्थी संघ÷संगठन तथा आम नागरिकस्तरबाट व्यापक विरोध भएको थियो । तर संसदले पारित गरेको विधेयक फिर्ता गर्नसक्ने प्रावधान भए पनि आफ्नो कार्यकालको अन्तिममा आएर विवादमा पर्न नचाहेकोले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण गर्नुपूर्व राष्ट्रपतिले विभिन्न सरोकारवाला पक्षसँग घनीभूतरुपमा विमर्श गरेकी थिइन् । प्रमाणीकरण गरिएको विधेयकमा अस्थायी दरबन्दीमा कार्यरत शिक्षकको कूल दरबन्दी संख्याको ७५ प्रतिशत अस्थायी र २५ प्रतिशत मात्र खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्राबधान राखिएको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अस्थायी शिक्षकको संख्या २६ हजार १ सय ५१ रहेको छ ।

प्रकाशित मिति : सोमवार, कार्तिक ०६, २०७४ समय : २०:३५:५३ 296 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi