राप्ती विद्यामन्दिर भूतपूर्व विद्यार्थी समाजमा अमन

पहिलोपेज

दाङ । राप्ती विद्यामन्दिर भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा अमन उल्लाह अन्सारी सर्वसम्मत रुपमा चयन भएका छन् । मङगलवार तुलसीपुरमा भएको दशैँ मिलन कार्यक्रम तथा भेलाले ९ सदस्यीय कार्यसमिति पनि चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, सचिवमा भागवत कमला पुरी, सहसचिवमा मनिष शर्मा, कोषाध्यक्षमा समीर इद्रिस रहेका छन् । त्यसैगरी सदस्यमा किरण शर्मा, भवानी शंकर निरौला, होस नेपाली, सुदन भण्डारी चयन भएका छन् । समाजको सल्लाहकारहरुमा हिमाल बस्नेत, विमल डाँगी , सुदीप डाँगी, भोजराज न्यौपाने र शर्मिला अधिकारी रेग्मी रहेका छन् ।

संस्थापक अध्यक्ष हिमाल बस्नेतको अध्यक्षता एवं राप्ती विद्यामन्दिरका संस्थापक प्राचार्य डाक्टर घनश्याम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा राप्ती विद्यामन्दिरले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । उनीहरुले शिक्षा क्षेत्रमा २०३७ सालमा राप्ती विद्या मन्दिरले पहिलोपटक दाङमा सुरुवात गरेको शैक्षिक आन्दोनले यस क्षेत्रमा शिक्षाको ज्योति चम्काउन सफल भएको भन्दै बिद्यालयका सस्ंथापकहरुको उच्च प्रशंसा समेत गरिएको थियो ।

कार्यक्रममा सहप्राचार्य दीपक डाँगी, पूर्व शिक्षक प्रमुख वैज्ञानिक अधिकृत ओमप्रकाश आचार्य, विद्यार्थीहरुको तर्फबाट सशस्त्र प्रहरीका डिएसपी विमल डाँगी, धर्मेन्द्र वैश्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पूर्व विद्यार्थी रोजी डाँगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन शरद रेग्मीले गरेका थिए । राप्ती विद्यामन्दिर भूतपूर्व विद्यार्थी समाजले प्रत्येक वर्ष वडा दशैंको अवसरमा सम्पूर्ण पूर्व विद्यार्थी र पूर्व शिक्षकहरुको सहभागितामा तुलसीपुरमा दशंै मिलन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : बुधवार, आश्विन १८, २०७४ समय : १०:२०:०३ 121 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi