प्रहरीलाई सेवक बन्न नेकपाको आग्रह (बिज्ञप्ती सहित)

पहिलोपेज

तुलसीपुर ।
नेपाल कम्युनिष्ट पार्टी दाङले प्रहरीलाई जनताको सेवक बन्न आग्रह गरेको छ । जिल्ला सेक्रेटरी सविनले सोमबार बिज्ञप्ती जारी गरी प्रहरी प्रशासनबाट विना कारण आफ्ना नेता कार्यकर्तालाई सताउने काम भएको गम्भिर हुन आग्रह गरेका हुन् ।

घोराहीको सडक निमार्णमा ढिलाई गर्ने निमार्ण कम्पनीका स्थानिय प्रतिनिधीलाई जनपरिषदले कारवाही गरेको बिषयलाई लिएर प्रहरीले आफ्ना कार्यकर्तालाई फसाउन लागेको भन्दै बिज्ञप्तीमा यस्तो कार्य रोक्न आग्रह गरिएको छ ।

विज्ञप्तीमा ठेकेदारलाई कालोमोसो दलिएको बिषयलाई लिएर पार्टीका जिल्ला सदस्य ज्वाला खतिवडालाई प्रहरी हिरासतमा राखिएको, नेता कार्यकर्ताको घर खानतलासी गर्दै झुट्टा मुद्धा लगाएर फसाउने षड्यन्त्र गरिएको भन्दै सो कार्यप्रति पार्टीको गम्भिर ध्यानआर्कषण भएको उल्लेख छ ।

राजनैतिक दवाव र आग्रहमा गरिने प्रशासनिक गतिबिधीले जनआक्रोश मथ्थर नहुने बरु झनै बढ्ने भन्दै बिज्ञप्तीमा यस्ता गतिबिधी नरोकिए दमनकारी रवैयाको बिरुद्ध चरणबद्ध संघर्ष गर्न बाध्य हुने बिज्ञप्तीमा चेतावनी दिइएको छ ।।

 

यो पनि पढ्नु होस्

सडक निमार्णमा ढिलाइ गर्ने ठेकेदारलाई कालोमोसो

प्रकाशित मिति : सोमवार, आश्विन ०९, २०७४ समय : १९:२१:३७ 366 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi