सहयोगीको सातौं साधारणसभा, विभिन्न ब्यक्ति सम्मानित

नारायण भण्डारी

तुलसीपुर ।  सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुरको सातौं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कर्ण बहादुर वलीको अध्यक्षतामा भएको सभामा बोल्ने बक्ताहरुले सहकारीले सदस्यहरुलाई उत्पादनमा प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । बक्ताहरुले ठूला ब्यापारी र उद्योगीहरुका लागि भन्दा सहकारीले न्युन आए भएका जनतालाई लक्षित गरी ब्यवसाय सञ्चालन गर्नुपर्ने बताएका थिए ।

संस्थाका सदस्य दुर्गा शर्माको सञ्चालनबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद कुमार पौडेल, जिल्ला सहकारी संघ दाङका उपाध्यक्ष शेषुराम भण्डारी, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी, बचत तथा ऋण जिल्ला सहकारी संघ दाङका सचिव रुप बहादुर खत्री, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरु, राष्ट्रिय सहकारी बैङ्क दाङका प्रबन्धक नारायण बेल्वासे, सहयोगीका पूर्व सल्लाहकार शुरेस हमाल, संस्थापक अध्यक्ष राजु केसी, रारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संगीत बस्याल लगायतले मन्तब्य राखेका थिए ।

विभिन्न ब्यक्ति सम्मानित
यसैबीच संस्थाले साधारणसभामा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाले उत्कृष्ट बचत बर्ता मिना कुमारी खड्का र राम बहादुर वली, असल ऋणि मनिषा रोकाय र दिनेश कुमार वली, जेष्ठ नागरिक ८२ बर्षिया पदम कुमारी उपाध्यया र ६६ बर्षिय ठाकुर प्रसाद डाँगी, शेयस सदस्यका सन्तान मध्य एस इ इ मा उत्कृष्ठ अंक ल्याउने बिजय चौधरी र यमुना वली लाई सम्मान तथा पुरस्कृत गरेको हो ।

सभामा सचिव दुर्गा बहादुर खड्काले प्रगति, कोषाध्यक्ष डिलाराम बुढाथोकीले आर्थिक र लेखा संयोजक लाल बहादुर केसीले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष डिलाराम विष्टले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : सोमवार, आश्विन ०९, २०७४ समय : १९:३८:२३ 98 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi