प्रहरी अधिकारको रक्षक हो : लामा

पहिलोपेज कर्मी सम्मानित, प्रतिष्ठानमा पुनः श्रेष्ठ

पहिलोपेज

तुलसीपुर ।
प्रदेश प्रहरी प्रमुख मिङमार लामाले प्रहरी मानव अधिकारको रक्षा गर्ने संस्था भएको बताएका छन् । । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको हिंसामुक्त, शान्ती र समृद्धि नेपाल हाम्रो अभियान बिषयक अन्र्तक्रिया तथा स्वागत र शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै लामाले प्रहरी मानव अधिकार उलंघन गर्ने नभइ कार्यान्वयन गर्ने संस्था भएको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि लामाले कतिपय अवस्थामा प्रहरीले मानव अधिकार उलंघन गरेको आरोप लाग्ने गरेको भन्दै नेपाल प्रहरी मानव अधिकारको रक्षक र शान्तीको पक्षधर भएको बताए । उनले मानव अधिकार र कानुनको कार्यान्वयन गर्नु÷गराउनु प्रहरीको प्रमुख धर्म भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष विनोद कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले द्धन्द्ध विना विकास र प्रगति सम्भव नहुने तर द्धन्द्धलाई सकारात्मक तर्फ रुपान्तण गर्नुपर्ने बताए । कार्यक्रमका विशिष्ठ अतिथि जीएमले अस्वथ्य प्रतिस्पर्धाको अन्त्य गरे हिंसा आधा कम हुने विश्वास ब्यक्त गरे ।

अर्का बिशिष्ठ अतिथि उच्च अदालतद बार तुलसीपुरका अध्यक्ष बिजय पौडेलले सबै प्रकारका हिंसा अन्त्यका लागि सकारात्मक सोंचको विकास गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका कानुनी सल्लहकार अधिबक्ता मोहन धितालले अधिकार विहिन भएर भन्दा पनि ऐन कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा जनता अशुरक्षित भएको बताए ।

उनले कानुनको अभाव भन्दा पनि कार्यान्वयनमा कमजोरी भएकाले कानुनी शासन स्थापित हुन नसकेकोमा गुनासो गरे । प्रतिष्ठानका सचिव शालिकराम वलीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विधीको शासन स्थापित गर्न बनेका ऐन कार्यान्वयनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत बिरु, मानव अधिकार तथा शान्ती समाज दाङका सभापति शुरेस हमाल, राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरका अध्यक्ष गोपिनाथ योगी, पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य नारायण भण्डारी, प्रतिष्ठानका संस्थापक महासचिव देविराम कुसारी लगायतले मन्तब्य राखेका थिए ।
पहिलोपेज कर्मी सम्मानित


यसैबीच प्रतिष्ठानले पहिलोपेज कर्मी नारायण भण्डारीलाई सम्मान गरेको छ । तुलसीपुर क्षेत्रमा रहेर एक दशक बढि समय देखि मानव अधिकारको क्षेत्रमा कलम चलाएको भन्दै प्रतिष्ठानले सो कार्यक्रममा पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य समेत रहेका भण्डारीलाई सम्मान गरेको हो । सो कार्यक्रममा प्रतिष्ठानले प्रदेश प्रहरी प्रमुख मिङमार लामा र पत्रकार महासंघका केन्द्रीय सचिवमा निर्वाचित पहिलोपेजका सम्पादक उदय जीएमलाई स्वागत गरेको गरेको थियो ।
प्रतिष्ठानमा पुनः श्रेष्ठ

यसैबीच प्रतिष्ठानको अधिबेशनले पुनः बिनोद कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गत भदौ २९ गते सम्पन्न छैठौं अधिबेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत रुपमा चयन भएको कार्यक्रममा घोषणा गरिएको थियो ।

नयाँ कार्यसमितिको उपसभापतिमा मधुसुदन केसी, गणेश पार्धे, सन्तोषकुमार गुप्ता, महासचिवमा शालिकराम वली, सहसचिवमा गोरख वली र कोषाध्यक्षमा ध्रुब गौतम रहनु भएको निर्बाचन समितिका संयोजक मोहन धितालले जानकारी दिएका छन् । यस्तै समितिको सदस्यहरुमा निरज श्रेष्ठ, तुलसीराम राना, लाोकबहादुर स्वर्णकार, चन्द्रकली चौधरी, गिमानन्द डाँगी र सावित्रा चौधरी रहेका छन् ।

प्रकाशित मिति : सोमवार, आश्विन ०९, २०७४ समय : १५:४४:१२ 95 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi