सृजनशिलको १८ औ साधारण सभा सम्पन्न

तुलसीपुर ६ असोज

तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ मा रहेको सृजनशिल गाउँविकास समाजको १८ औ साधारण सभा सम्पन्न भएको छ । समाजका अध्यक्ष अरुण लहरेकोे अध्यक्षता एवं व्यवसायीक तथा शिप विकास तालीम केन्द्र तुलसीपुरका प्रमुख सुदर्सन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सभामा प्रमुख अतिथि अधिकारीले सिप विकास तालीम केन्द्रले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा काम गर्दै आएकाले यस क्षेत्रका संघसंस्था संग समन्वय गरेर सिप सिकाउने कार्यमा अग्रसर रहने वताउनु भएको छ ।

सभामा समाजका वरिष्ठ सल्लाहाकार ईस्वरी प्रसाद भण्डारीले समाज परीवर्तनका लागी समाजका नागरीक सक्षम हुन आवस्यक रहेको वताउनु भएको छ । उहाले आफ्नो मुल्याङ्न आफै गर्ने र नराम्रा पक्षहरुलाई त्याग्ने र राम्रा पक्षको अनुसरण गर्ने परीपाटीको विकास गर्न सकेमा समाज सक्षम हुने वताउने भएको छ । सभामा वोल्ने अन्यवक्ताहरुले सृजनशिल गाउँ विकास समाजलाई नाम जत्तिकै काम गर्न सुझाव दिएका छन् ।

सभामा समाजका कोषाध्यक्ष दुर्गा प्रसाद न्यौपानेले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सगरमाथा टोल विकास संस्थाका उपाध्यक्ष शान्ता चापागाई, पशुपति टोल विकास संस्थाका पदमराज पन्थि, कुमार भण्डारी लगाएतकाले वोल्नु भएको थियो । समाजका उपाध्यक्ष आशा जिसीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन सचिव डिल्लीराज लामीछानेले गर्नु भएको थियो ।

प्रकाशित मिति : शुक्रवार, आश्विन ०६, २०७४ समय : १९:३१:४८ 76 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi