‘पत्रकारले खवरदारी गर्नुपर्छ‘

 

देउखुरी ६ असोज

राप्ति गाउँपालीकाका अध्यक्ष नुमानन्द सुवेदीले स्थानीय सरकारलाई पत्रकारीता क्षेत्रले सधै खवरदारी गर्नुपर्ने वताउनु भएको छ । प्रगतिपत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा आजदेखी राप्ति गाउँपालीकामा सुरु भएको आधारभुत पत्रकारीता तालीमको उद्घाटनमा बोल्दै अध्यक्ष सुवेदीले यस्तो वताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले कलमले गर्ने खवरदारी सवैभन्दा प्रभावकारी हुने भन्दै पत्रकारीता क्षेत्रवाट आफुले त्यस्तो भुमीकाको अपेक्षा गरेको वताउनु भयो ।

 

म निष्पक्ष भएर काम गर्ने प्रयासमा छुँ तर काम गर्ने क्रममा कहीकतै कम्जोरी भयोभने तपाईहरु खवरदारी गर्नुहोला, मलाईपनि सच्चिने मौका मिल्ने छ सुवेदीले भन्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले पत्रकारीता क्षेत्रमा धेरै चुनौती भएपनि संभावना पनि कम नभएको वताउनु भयो । कार्यक्रमा विशिष्ट अथिति जिएमले पत्रकार महासंघले श्रमजिवि पत्रकारीता ऐन कार्यान्वयनका लागी दवाव श्रृजना गर्ने वताउनु भयो ।

 

संघका जिल्ला अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी राप्ति गाउपालीकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय महासचिव नारायण योगी, नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य अर्जुन अधिकारी, नेपाल कम्युनिष्ट पार्टी गणेस केसी, पत्रकार सन्तोष कुमार गुप्ता लगाएतकाले वोल्नु भएको थियो । कार्यक्रमको सञ्चाल प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य नारायण भण्डारीले गर्नु भएको थियो । तिन दिन सम्म सञ्चालन हुने तालीममा राप्ति गाउँपालीकाका २५ जना युवाहरुको

सहभागीता रहेको छ । तालीमको प्रशिक्षकहरुमा पत्रकार शुसील गौतम, उदय जिएम, लिला शाहा, नारायण भण्डारी, चुमा आचार्य, केसरमान विसी लगाएत रहनु भएको छ ।

प्रकाशित मिति : शुक्रवार, आश्विन ०६, २०७४ समय : १९:२९:३२ 25 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi