दशैंका लागि खसी बोका संकलन

पहिलोपेज

तुलसीपुर ।
नेपाल खाद्यय संस्थान अञ्चल कार्यालय राप्तीले बडा दशैं र तिहारलाई लक्षित गरी खसी बोका संकलन सुरु गरेको छ । संस्थानले तुलसीपुर ६ घोराही रोडमा रहेको आफ्नो कार्यालयबाट यही असोज ३ गते देखि खसी बोका संकलन सुरु गरेको हो । संस्थानको संकलन केन्द्रमा जिल्लाका किसानहरुले खसी बोका लिएर बिक्रीका लागि आउने गरेका छन् ।

ग्रामिण भेगमा बढी बाख्रा पाल्ने चलन रहेको र खसी बोका कम बिक्री हुने गरेकाले किसानहरुले संस्थानको संकलन केन्द्रमा खसी बोका लिएर आउने गरेको कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद चौधरीले जानकारी दिए । संस्थानले दुई सय खसी बोका संकलन गरेर काठमाण्डौं पठाएको छ भने अरु त्यतिकै संख्यामा खसीबोका संकलन गर्ने जनाएको छ ।

संस्थानले २५ किलो सम्मको खसीलाई प्रतिकिलो ३ सय ७० र सो भन्दा बढी तौलको खसीलाई तीन सय ८५ मा खरिद गर्ने गरेको छ । त्यस्तै बोकालाई प्रतिकिलो तीन सय ६० रुपैयाँमा खरिद गर्ने गरेको छ । गाउँमा खसी बोका कम बिक्री हुने र मासु मण्डीबाट गाउँमा गएका ब्यापारीले उचित मुल्य नदिने समस्या भएका कारण संस्थानमा खसी बिक्रीका लागि आएको साविक बबई गाउँपालिका ४ हापुरेका रेसम वलीले बताए । उनले गाउँका सबै किसानहरु मिलेर २५ वटा खसी बोका लिएर आएको बताए ।

प्रकाशित मिति : बिहिवार, आश्विन ०५, २०७४ समय : १९:२७:४९ 107 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi